भाइटीकासँगै सकियो तिहार, विराटनगरमा छठको तयारी

<span class='c1'>भाइटीकासँगै सकियो तिहार,</span> <span class='c2'>विराटनगरमा छठको तयारी</span>

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन  दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् ।

यमपञ्चक समेत भनिने तिहारको छैटौँ एवं अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो ।

भाइटीका लगाएसँगै नेपालीको दोस्रो चाड तिहार पनि समाप्त भएको छ ।तिहार पर्वको समापनसँगै तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको धमाधम तयारी सुरु भएको छ ।तराइमा प्रमुख पर्वको रुपमा मानिने छठका लागि विराटनगरका पोखरी, नदी, तलाउहरुमा तयारी सुरु भएको छ।छठ पर्वलाई निष्ठा र श्रद्धाको पर्व मानिन्छ ।छठ पर्वले सामाजिक एकता, पारिवारिक भेटघाट र आर्थिक चहलपहल बढाउने विश्वास गरिएको छ।यो पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ र व्रतालुहरूले धार्मिक विधिपूर्वक घाटमा अर्घ्य दिने परम्परा छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्