विराटनगर । विराटनगर महानगरका विभिन्न खोला, नहर र पोखरीहरु सरसफाईपछि छठ पूजाका लागि सजावटका कामहरु धमाधम भईरहेको छ ।
सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर, सिंघिया खोला रानीको मन्टा पोखरीको जलआश्रयहरु यतिबेला श्रद्धालुभत्तजनहरुले मिलेर सजावटका कामहरुलाई निरन्तर दिईरहेका छन् ।

भक्तजहरुले छठ पुजा गर्नको लागि घाटहरु निर्माण गर्नेदेखी सरसफाईका कामहरु पस्चात सिंघार्ने काम पनि अहिले धमाधम भईरहेको दृष्यहरु देख्न सकिन्छ । घरदेखी घाट सम्म पुग्ने विभिन्न ठाँउहरुमा आर्कषित ढंगबाट स्वगतद्धारहरु पनि बनाइएको छ । भोली साँझ अस्ताउँदो सुर्यलाई अर्घ दिईएर रातभरी घाट स्थलमा जाग्राम बस्ने चलन छ । त्यसपछि वर्तालुहरुले भोली विहान उदाँउदो सुर्यको पुन अर्घदिईर छठ पर्व समापन हुने गर्दछ ।

विराटनगरका विभिन्न स्थानमा देखिएका केही दृष्यहरु :





