विराटनगर । सामाजिक क्षेत्रमा कार्य गर्दै आएको पञ्चमुखी युवा सामाज विराटनगरले अति विपन्न परिवारहरुलाई छठ पुजाको सामान हस्तान्त्रण गरेको छ ।
विराटनगर १२ मा रहेको पञ्चमुखी सामाजले तिहारमा खेलेको देउसी भैलो र सास्कृतिक कार्यक्रममा संकलन भएको रकमबाट ती परिवारहरुलाई पुजाको सामान हस्तान्त्रण गरेको हो । विराटनगरको सामुदायिक भवनमा आईतबार एक कार्यक्रमको आयोजना गरि उक्त सामाग्रीहरु प्रदान गरिएको समाजले जनाएको छ ।

उनीहरुले विराटनगर १२ स्थित विपन्न बस्तीका बाढी पिडित २० घर परिवारलाई छठ पुजामा आवश्यक पर्ने सामाग्रीहरु हस्तान्त्रण गरिएको समाजका अध्यक्ष लाक्मा लामाले जानकारी दिए । पुजाको सामाग्री हस्तन्त्रण कार्यक्रममा समाजका सचिव मोदन लिम्बु , आकाश कुमार कर्ण, विक्रम राजवंशी, नर्मता गिरी, राहुल सहनी, स्याम दास लगायत समाजका सदस्यहरुको सक्रिय सहाभागितामा उक्त सामाग्रीहरु प्रदान गरिएको थियो ।
