छठअघि बेहुलीझैँ सिँगारिन्छ विराटनगरको नहर, त्यसपछि फोहोरले बिगारिन्छ मुहार

<span class='c1'>छठअघि बेहुलीझैँ सिँगारिन्छ विराटनगरको नहर,</span> <span class='c2'>त्यसपछि फोहोरले बिगारिन्छ मुहार</span>

विराटनगर । सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर छठ पर्व अघि बेहुलीझैँ सिँगारिएका हुन्छन् । तर, छठ सकिएलगत्तै ती नै नहरहरू पुनः फोहर र अव्यवस्थित अवस्थामा पुग्ने समस्या हरेक वर्ष दोहोरिँदै आएको छ । छठ पर्वमा भक्तजनहरू बिहान–बेलुकी सूर्यको पूजा गर्न नहर, खोला र तलाउ किनारमा भेला हुने गर्छन् । यही अवसरमा विराटनगर महानगरपालीका ,स्थानीय युवा, वडास्तरका टोल समितीहरू र धार्मिक समूहहरूले नहरहरू सफा गर्ने, रंगरोगन गर्ने र बत्ती बाल्ने काम तीव्र रूपमा गर्छन ।

तर, छठ सकिए लगत्तै ती स्थानहरू पुनः फोहर, प्लास्टिक, पूजामा प्रयोग भएका सामग्रीहरुले ढाकिने गरेको दृष्यमा स्पष्ट देख्न सकिन्छ । सुनसरी–मोरङ सिँचाइ आयोजनाअन्तर्गतका नहरहरूमा हरेक वर्ष देखिने यो दृश्यले स्थानीयलाई समेत चिन्तित बनाएको छ । स्थानीयवासी महेश सहनी भने , “छठको बेला नहर हेर्दा बेहुलीझैँ सुन्दर देखिन्छ, तर दुई दिनमै त्यो रूप हराउँछ । यसमा स्थानिय सरकार र सो क्षेत्रका छठ पुजा समारोह समितीहरुले विशेष ध्यान दिएर सरसफाईमा लाग्नुपर्ने हो तर त्यो देखिएन सहनीको भनाई छ ।

हुन त छठ पर्व अघि विराटनगर महानगरपालीका र सुनसरी सिँचाइ आयोजनाले नहरको सरसफाई गरेको थियो । छठ पर्व पछि पनि नहरको केराको थम्वाहरु हटाउन सुरु गरिएको विराटनगर महानगरपालिकाका सरसफाई व्यावस्थापन महाशाखाका सुपरभाईजर किरण न्यौपानेले जानकारी दिए । न्यौपानेले भने, “छठको समयमा नहर सफा र आकर्षक बनाइन्छ, तर पर्वपछि नागरिकहरूले पनि सरसफाइमा जिम्मेवारीपूर्वक सहयोग गर्नुपर्छ । तर पनि महानगरले बुधबार विहानैदेखी भाडामा जेसिभी र ट्याक्टर प्रयोग गरेर हटाउन सुरु गरिएको छ ।”

विराटनगर ५ नोवेल अगाडीदेखीको मलायरोड सम्मको नहरमा छठ पुजापछि फालिएका केराका बोटहरु हटाउने तयारीमा छौँ न्यौपानेले भने, “महानगरको साधनहरु जेन्जी आन्दोलनमा जलेका कारण समस्या आएको हो । भनेको टाईममा हुन सकिरहेको छैन, तर पनि महानगरले भाँडामा लिएर भए पनि कामलाई अगाडी बढाईरहेका छौँ ।”

यता विराटनगरको बजार एरीयामा भने पहिले जस्तो केराको बोटहरु देखिएका छैनन् । लक्ष्मी पुजाको भोलीपल्टदेखी नै महानगरले बजार एरीयाका फोहोर वस्तुहरु उठाएको जनाएको छ । यद्यपी केही स्थानमा भने फाट्टफुट्ट केराका बोटहरु रहेको र बाँकी रहेका सबै फोहोर जन् वस्तुहरुलाई पनि तत्काल आजभोली सम्म हटाई सक्ने महानगरको सरसफाई व्यावस्थापन महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्