झापामा गाडी जलेको दुई दिनपछि सरोज शर्माको शव बिरिङ पुलमुनी फेला

<span class='c1'>झापामा गाडी जलेको दुई दिनपछि सरोज</span> <span class='c2'>शर्माको शव बिरिङ पुलमुनी फेला</span>

विराटनगर । झापा शिवसताक्षी नगरपालिका–१० का सरोज शर्माको शव हुलाकी राजमार्गअन्तर्गत बिरिङ खोलाको पुलमुनी फेला परेको छ । शनिबार बिहान कालो प्लास्टिकमा बेरिएको अवस्थामा उनको शव गाडिएको अवस्थामा भेटिएको हो।

दुई दिनअघि शर्मा सवार बा १–०३०–च ७१९४ नम्बरको गाडी चारआली–भद्रपुर सडकखण्डअन्तर्गत हातेमालो सामुदायिक वनभित्र जलिरहेको अवस्थामा फेला परेको थियो। गाडी जलेको दुई दिनपछि बिरिङ पुलमुनी शव भेटिएपछि घटनालाई हत्या भएको आशंका गरिएको छ।

शर्मा गत कार्तिक ९ गते दिउँसो २ बजे माइधारस्थित घरबाट गाडी धुने भन्दै निस्केका थिए। त्यसपछि उनी सम्पर्कविहीन भएका थिए। झन्डै सात दिनपछि उनको शव फेला परेको हो। घटनाबारे झापा प्रहरीले अहिले अनुसन्धान जारी राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्