विराटनगरको दिल्ली पब्लिक स्कुलमा स्वीमिङ कम्प्लेक्स्

<span class='c1'>विराटनगरको दिल्ली पब्लिक</span> <span class='c2'>स्कुलमा स्वीमिङ कम्प्लेक्स्</span>

विराटनगर स्थित दिल्ली पब्लिक स्कुल विराटनगरले आफ्नो विद्यालय हाताभित्र भर्खरै निर्माण सम्पन्न भएको स्वीमिङ कम्प्लेक्स्को आज एक कार्यक्रमको साथमा उद्घाटन गरेको छ ।

सिमसिमे झरीमाझ आयोजना भएको उक्त कार्यक्रममा विद्यालयका अध्यक्ष प्रकाश मुन्दडा लगायत बोर्ड अफ डाइरेक्टरहरू तुलसीराम अग्रवाल र अरुणकुमार राठीले डिपीएस स्वीमिङ कम्प्लेक्स्को संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका अध्यक्ष प्रकाश मुन्दडाले डिपीएस विराटनगरमा अध्ययन गर्ने विद्यार्थीहरूका साथै पौडी खेलमा रुचि राख्ने यस क्षेत्रका सबैका लागि आवश्यक प्रशिक्षण तथा शारीरिक व्यायामको उद्देश्यलाई पूर्ति गर्न यस यस स्वीमिङ कम्प्लेक्स्को निर्माण गरिएको बताउनुभयो । साथै यस स्वीमिङ कम्प्लेक्स्ले साष्ट्रिय स्तरको पौडी खेलाडीहरू उत्पादन गर्ने लक्ष्य लिएको समेत बताउनुभयो ।

त्यसै गरी कार्यक्रममा बोल्दै विद्यालयका अभिभावक सृजना रिजालले विद्यालयले स्वीमिङ कम्प्लेक्स्को निर्माण गरेर विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा विद्यालय थप प्रतिबद्ध रहेको आफूले महसुस गरेको बताउनुभयो । उक्त कार्यक्रममा विद्यालयका पौडी प्रशिक्षक हिमाद्री दासले पौडी खेलका विधाहरू – वटरफ्लाई, व्याकस्ट्रोक, ब्रेष्टस्ट्रोक र फ्रिस्टाइलको प्रदर्शनी गर्नुभएको थियो । त्यसै गरेर कक्षा २ का छात्रहरू आयन्स गिरी र ग्लोरी यादव तथा कक्षा ४ की छात्रा शासा रिजालले उक्त अवसरमा पौडी कला प्रस्तुत गरेका थिए ।

उक्त डिपीएस स्वीमिङ कम्प्लेक्स्भित्र २ वटा स्वीमिङ पुलहरू साथै छात्र र छात्राको लागि छुट्टा छुट्टै चेन्जिङ तथा सावर कम्पार्टमेन्टहरू रहेका छन् । एडल्ट पुल मिनी ओलम्पिक साइज (२५ मिटर लम्बाइ र १५ मिटर चौडाइ) को रहेको छ भने चाइल्ड पुल १०÷५ मिटरको रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्