ओछ्यान परे विराटनगरका ललित पोद्दार, खर्च अभावले जीवन कष्टकर

<span class='c1'>ओछ्यान परे विराटनगरका ललित पोद्दार,</span> <span class='c2'>खर्च अभावले जीवन कष्टकर</span>


विराटनगर ।
विराटनगर–७ का ललित कुमार पोदारको दुवै मृर्गौला फेल भयो । उनको आर्थिक अवस्था कमजोर भएका कारण परिवारले उपचार खर्चका लागि सबैसँग आर्थिक सहयोगको अपिल गरेका छन्। सुरुमा विराट टिचिङ अस्पतालमा उपचाररतः उनको अवस्था गम्भीर भएपछि हाल विराटनगरको नोबेल मेडिकल कलेजको आईसीयूमा डायलासिस भइरहेको छ। नोबेलमा भर्ना भएको १२ दिन भइसक्दा पनि अवस्थामा खासै सुधार आएको छैन।

परिवारका अनुसार, अहिलेसम्म उपचारमा करिब ६ देखि ७ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। ललित कुमारका बुबाको निधन भएको ८ वर्ष भइसकेको छ । बुबाको निधनपछि ललित नै घरको मुख्य भूमिका रहेका अभिभावक थिए । तर, बिरामी भएपछि घरमा कमाउने मान्छे नहुँदा परिवारको आर्थिक स्थिति अत्यन्तै नाजुक बनेको छ। पोदार परिवार सुकुम्बासी रहेका छन्।

उपचारमा संलग्न डाक्टरहरूले ललित कुमारको अवस्था निकै नाजुक रहेकोले काठमाडौँ लगेर मिर्गौला प्रत्यारोपण गर्नु पर्ने सुझाव दिएका छन्। तर, उपचार तथा प्रत्यारोपणका लागि आवश्यक रकम जुटाउन नसक्दा परिवार चिन्तित बनेको छ। पैसा अभावकै कारण उपचारमा बाधा पुगेपछि बहिनी ज्योति कुमारी पोदारले सहयोगको याचना गरेकी छिन् ।

 

परिवारका सदस्यको सम्पर्कका लागि

Jyoti Poddar 9824367208

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्