विराटनगर । उद्योग व्यापार संघ (मोरङ व्यापार संघ)ले विराटनगरमा आगामी पुसको दोस्रो हप्ता व्यापार मेला आयोजना गर्ने तयारी गरेको छ । जेनजी आन्दोलनपछि थलिएको आर्थिक गतिविधिलाई पुर्नजागृत गर्ने लक्ष्यसहित व्यापार मेला आयोजना गर्ने तयारी थालिएको हो ।
उद्योग व्यापार संघले व्यापार मेलाको तयारीका लागि उद्योगी अमित शारडालाई संयोजक तोकेर अध्ययन गर्ने जिम्मेवारी दिएको छ । संयोजक शारडाले अब केहिदिनमै यसको औपचारिक घोषणा हुने जानकारी दिएका छन् ।
उनले अहिले त्यसको प्रारम्भिक अध्ययन र तयारी भइरहेको बताए । पुसको दोस्रो साता अर्थात अग्रेजी नयाँ वर्ष आसपास व्यापार मेला आयोजना हुँदा त्यसले रौनक बढाउने बुझाई रहेको छ ।
यद्यपी व्यापार मेला कुन स्थानमा लगाउने भन्ने अहिलेसम्म यकिन भइसकेको छैन । मेला आयोजना गर्ने तयारी सुरु भने भएको जानकारी दिइएको छ ।