विराटनगर, कात्तिक २३ ,
नेपाल युवा उद्यमी मंच विराटनगर र नेपाल प्रहरी विराटनगरबीच एक मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। खेल विराटनगर–६ स्थित मेरिब्रोन ज्वाला क्रिकेट मैदानमा आयोजना गरिएको थियो।
पहिलो ब्याटिङ गर्दै युवा उद्यमी मंच विराटनगरले १६ ओभरमा ७ विकेट गुमाउँदै १०६ रनको योगफल बनाएको थियो। जवाफमा नेपाल प्रहरीले सानदार प्रदर्शन गर्दै ६ विकेटको क्षतिमा लक्ष्य पार गर्दै जित हात पारेको हो।
नेपाल प्रहरीको तर्फबाट विराटनगर वडा प्रहरी कार्यालयका डिएसपी अनमोल खड्का उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ दि म्याच घोषित भएका छन्।
कार्यक्रमको सुरुवातमा मोरङका एसपी कबिता कटवालले खेलमार्फत प्रहरी र युवाबीचको सहकार्यले समाजमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस्ता मैत्रीपूर्ण प्रतिस्पर्धाले आपसी सम्बन्ध सुदृढ बनाउन सहयोग पुर्याउने पनि बताउनुभयो।
युवा उद्यमी मंच विराटनगरले खेलले समुदायमा सहकार्य र खेलप्रति रुचि बढाउने उद्देश्य राखिएको जनाएको छ।