विराटनगर । विराटनगर–६ केशलिया पुल नजिकबाट प्रहरीले नियन्त्रणमा लिइएको रहु र सिद्रा माछा नष्ट गरिएको छ । शनिबार साँझ केशलिया खोलामा वेवारिसे अवस्थामा रहेको भनिएको ५० केजी रहु र ५० केजी सिद्रा माछा प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको जानकारी दिइएको हो ।
मोरङ प्रहरी प्रवक्ता कोपिला चुडाँलले फममा रहेको रहु र बोरामा रहेको सिद्रा जिल्ला प्रहरी परिसरमा स्थानीय जनप्रनिधिको रोहबरमा नष्ट गरिएको जानकारी दिइन् ।
