विराटनगरमा “म:म मेनिया”, ह्यापी अवर हेभनमा विशेष म:म पर्व मङ्सिर १ देखि

<span class='c1'>विराटनगरमा “म:म मेनिया”, ह्यापी अवर हेभनमा</span> <span class='c2'>विशेष म:म पर्व मङ्सिर १ देखि</span>

विराटनगर । विराटनगर–४, पिपलचोकस्थित ह्यापी अवर हेभन रेस्टुरेन्टले म:म पारखीहरूको लागि विशेष कार्यक्रम म:म मेनिया आयोजना गर्ने भएको छ। मङ्सिर १ गतेदेखि सुरु हुने उक्त कार्यक्रममा विविध स्वादका म:महरू उपलब्ध हुने रेस्टुरेन्टले जनाएको छ।

रेस्टुरेन्टका अनुसार कार्यक्रममा सिक्किम म:म, चकलेट म:म, चिज म:म, खुट्टाको झोल म:म, ओपन म:म, तन्दुरी म:म लगायतका फरक फरक स्वादका म:महरू राखिने छन्। “म:म मेनिया” विशेषगरी नयाँ स्वाद खोज्ने युवाहरू र पारिवारिक समूहका लागि आकर्षक हुने रेस्टुरेन्टले जनाएको छ।

साथै, मङ्सिर १ गतेबाट नै सुरु हुने नेपाल प्रिमियर लिग का खेलहरू पनि रेस्टुरेन्टमै प्रत्यक्ष प्रशारण गरिने भएकाले, खानेकुरा र मनोरञ्जन दुबैको मजा लिन सकिने छ।

विराटनगरको लोकप्रिय भेटघाट स्थलका रूपमा परिचित ह्यापी अवर हेभनले यसअघि पनि विभिन्न फुड क्याम्पेनमार्फत ग्राहकको रुचि जित्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्