विर्तानगर कार्तिक २७ ,
विराटनगर–५ सम्झना चोकस्थित एकेडेमी अफ ब्राइट चिल्ड्रेन (एबिसी स्कुल) का विद्यार्थीहरू आज विराटनगर–१२ स्थित बन्जारा एग्रो मा शैक्षिक भ्रमणमा गएका छन्। भ्रमणका क्रममा विद्यार्थीहरूले त्यहाँ रहेका विभिन्न गाईहरूको बारेमा जानकारी लिए साथै दूधजन्य पदार्थ कसरी उत्पादन र प्रशोधन गरिन्छ भन्ने विषयमा पनि अध्ययन गरेका छन्।
विद्यालयले समय–समयमा विद्यार्थीहरूलाई यस्ता शैक्षिक भ्रमण गराउँदै आएको छ। विद्यालयका अनुसार यस किसिमका भ्रमणबाट विद्यार्थीहरूले प्रत्यक्ष रूपमा सिक्ने अवसर पाउँछन् र व्यवहारिक ज्ञानमा वृद्धि हुन्छ।
भ्रमणमा सहभागी विद्यार्थीहरू उत्साहित देखिएका थिए र उनीहरूले बन्जारा एग्रोमा देखेका प्रक्रिया तथा गतिविधिबाट धेरै कुरा सिकेको बताएका छन्।