दुई पुर्व प्रधानमन्त्रिको नाममा पत्रकारीता पुरस्कार घोषणा

<span class='c1'>दुई पुर्व प्रधानमन्त्रिको नाममा</span> <span class='c2'>पत्रकारीता पुरस्कार घोषणा</span>

नेपाल प्रेस युनियन केन्द्रिय समितिले पुर्व प्रधानमन्त्रीद्वय कृष्ण प्रसाद भट्टराई र गिरिजा प्रसाद कोइरालाको नाममा दुई छुट्टा छुट्टै पुरस्कारको घोषणा गरेको छ  । प्रजातन्त्र प्रति आस्थावान राख्ने देशभरीका कृयाशिल पत्रकारहरुलाई जनही ५१हजार रुपैया नगद र प्रशंसा पत्र सहितको पुरस्कार घोषणा गरिएको हो । नेपाल प्रेस युनियन मोरङ शाखाको १९ औं साधारणसभा मार्फत बुधबार पुरस्कारको घोषणा केन्द्रिय सभापति किरण पोखरेलले गरेका थिए । स्वर्गीय कृष्ण प्रसाद भट्टराइको नाममा कृष्ण प्रसाद भट्टराई आदर्श पत्रकारीता पुरस्कार र गिरिजा प्रसादको नाममा गिरिजा प्रसाद क्रियाशिल पत्रकारीता पुरस्कार हरेक वर्ष प्रदान गरिनेछ । कृष्ण प्रसाद आदर्श पत्रकारीता पुरस्कारको लागि दुबै पुरस्कारका लागि स्वर्गीय विष्णु कुमारी रायमाझि प्रतिष्ठानका अध्यक्ष रमेश जंग रायमाझिले ५ लाख रुपैयाको अक्षय कोष खडा गरि प्रेस युनियन मार्फत पुरस्कार वितरण गरिने बताए । यस्तै गिरिजा प्रसाद सक्रिय पत्रकारीता पुरस्कारका लागि नेपाल प्रेस युनियनले ५ लाखको अक्षय कोष खडा गरि दुबै कांग्रेस नेताको स्मृति दिवसमा वितरण गरिने अध्यक्ष पोखरेलले जानकारी दिए । ‘राजनितिक र ऐतिहासिक महत्व बोकेका विराटनगरबाट उक्त पुरस्कारको घोषणा युनियनले गरेको हो’ उनले भने । साधारण सभामा नेपाली कंग्रेसका केन्द्रिय सदस्य तथा पुर्व उपप्रधान मन्त्रि सुजाता कोइरालाले मंसिर १४ गते भित्रमा शान्ति प्रक्रिया टुङ्गीने सम्भावना क्षिण बन्दै गएको बताइन । जबसम्म सम्पत्ति फिर्ता हुदैन तब सम्म संसदको समय लम्बाउने विषयमा कांग्रेसले कुनै निर्णय गर्दैन उनले भनिन् । माओवादीले अहिले सम्म सात बुदे समझदारी पालना नगरेको उनको आरोप थियो । मुलुकमा शान्ति नै ल्याउन खोजेको हो भने माओवादीले सर्वप्रथम सात बुँदे सहमति अक्षरस पालना गर्नू पर्छ अनिमात्र सबै दल सकारात्मक भएर प्रस्तुत हुनेछन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामकुमार चौधरीले स्थायी शान्ति र लोकतान्त्रिक पद्धति कायम नभएसम्म पत्रकारहरुको पेशागत समस्या यथावत रहने बताए । कार्यक्रममा नेपाली कांग्रेसका मोरङ सभापति अमृत अर्याल, महासमिति सदस्य रमेशजंग रायमाझि, युनियनका केन्द्रिय सदस्य मोहम्मद इक्बाल, मोरङ अध्यक्ष कुमोद अधिकारी, प्रेस चौतारी मोरङका संयोजक माधव अधिकारीलगायतले पत्रकारहरुको पेशागत हकहित तथा सुरक्षाको विषयमा सरकार गम्भिर नभएको आरोप लगाएका थिए ।
साधारणसभामा प्रेस युनियनका संस्थापक मध्येबाट चक्रपाणि खनाललाई प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्