विराटनगर । उद्योग संगठन मोरङका पूर्व अध्यक्ष, वरिष्ठ उद्योगपति तथा समाजसेवी स्व. महेन्द्र गोल्छाको १६ औं स्मृति दिवसको अवसरमा मंगलबार विविध कार्यक्रम गर्दै स्मरण गरिएको छ । संगठनको कार्यसमितिले सचिवालयमा स्थापित अर्धकद शालिकमा माल्यार्पण गरिएको थियो । त्यसपछि मानव सेवा आश्रममा खाद्यान्न तथा भोजन वितरणको कार्यक्रम गरेर स्वर्गिय गोल्छालाई स्मरण गरिएको हो ।
१६ स्मृतिमा संगठनका अध्यक्ष नन्दकिशोर राठीले स्व. गोल्छाद्वारा उद्योग÷व्यवसाय क्षेत्रको हित संरक्षण, व्यावसायिक एकता तथा निजी क्षेत्रको सुदृढीकरणमा योगदान गरेको कुरालाई स्मरण गरेका थिए । उनले स्व.गोल्छा उद्योगीको मात्रै नभई उद्योगमा कार्यरत मजदुरको समेत सम्मानमा परेको व्यक्तिको रुपमा सम्झेका थिए ।
