विराटनगर मङ्सिर ५ ,
विराटनगरमा मङ्सिर ४ गते बिहान करीब १० बजे विराटनगर–११ निवासी ३२ वर्षीया प्रतीक्षा कोइरालाले हातमा लगेकी करिब डेढ तोला बराबरको सुनको बाला विराटनगरको पिचरा चोक नजिक हराएको थियो , त्यसपछि उनले दिउँसो ५ बजे प्रहरीलाई मौखिक रूपमा जानकारी गराइन।
उक्त जानकारीपछि प्रहरी चौकी बखरीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रविण भट्टाराईको नेतृत्वमा टोली परिचालन गरिएको थियो। प्रहरीले घटनास्थल आसपासको सिसिटिभी फुटेज विश्लेषण गर्दै खोजतलाशी तथा अनुसन्धान अघि बढाएको थियो। आवर विराटनगरको माध्यमबाट पनि उक्त सुन खोज्न प्रयास भएको थियो ।
अनुसन्धानको क्रममा बाला जिल्ला मोरङ विराटनगर–११ का ५३ वर्षीय सिटी चालक रामचन्द्र यादवको साथबाट फेला पारिएको प्रहरीले जनाएको छ।
फेला पारिएको सुनको बाला आवश्यक प्रक्रिया पूरा गराइ पीडित प्रतीक्षा कोइरालालाई बुझाइएको प्रहरीले पुष्टि गरेको छ।