पू वि कलेज अफ लमा एलएलबी तर्फको प्रवेश परीक्षा सम्पन्न

<span class='c1'>पू वि कलेज अफ लमा</span> <span class='c2'>एलएलबी तर्फको प्रवेश परीक्षा सम्पन्न</span>

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत कलेज अफ लमा एलएलबी तथा बीएलएलबी कार्यक्रमको प्रवेश परीक्षा आज (शनिबार) सम्पन्न भएको छ। कलेजले ३ वर्षे एलएलबी तहमा १२० सिटका लागि आवेदन आह्वान गरेको थियो। सोही परीक्षामा ८६ जना विद्यार्थी सहभागी भएको कलेजले जानकारी दिएको छ।

५ वर्षे बीएलएलबी कार्यक्रमतर्फ भने सिट संख्या नपुगेपछि कलेजले पुनःप्रवेश परीक्षाका लागि आवेदन खुला गरेको थियो। पुनः आवेदनमा १९ जनाले आवेदन दिएपछि आज आयोजित परीक्षामा १६ जना विद्यार्थी सहभागी भएका छन्। कलेज अफ लका प्रशासन प्रमुख अधिवक्ता गुणराज दाहालका अनुसार दुवै कार्यक्रमका प्रवेश परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएका छन्।

कलेजले हाल ५ वर्षे बीएलएलबी र ३ वर्षे एलएलबी गरी दुवै तहमा १२०–१२० सिट तथा २ वर्षे एलएलएम कार्यक्रममा ५० सिटसहित शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ। प्रवेश परीक्षाको नतिजा दुई दिनभित्र सार्वजनिक गरिने दाहालले जानकारी दिएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्