विराटनगरमा नेपाली युवा संरक्षक मञ्चद्वारा खुल्ला रक्तदान

<span class='c1'>विराटनगरमा नेपाली युवा संरक्षक</span> <span class='c2'>मञ्चद्वारा खुल्ला रक्तदान</span>

विराटनगर । नेपाल रेडक्रस सोसाईटी विराटनगरको सहकार्यमा नेपाली युवा संरक्षक मञ्चले आज विराटनगरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । समाजसेवामा सक्रिय रूपमा लाग्दै आएको मञ्चले युवाहरूमा रक्तदानप्रतिको जागरूकता बढाउनको उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी गराएको छ ।

विराटनगर ९ स्थित पुरानो गुद्रीमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए । मञ्चकी अध्यक्ष निशा श्रेष्ठका अनुसार कार्यक्रम अत्यन्त सफल भएको थियो। उनले भनिन्, “युवाहरूको उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई अत्यन्त प्रभावकारी बनायो। हामीले २५ पिन्ट रगत संकलन गर्न सफल भयौँ, जसले धेरै विरामीहरूलाई जीवनदान दिनेछ।”


मञ्चले आगामी दिनमा पनि यस्ता स्वास्थ्य–सम्बन्धी सामाजिक कार्यक्रमहरू निरन्तर गर्दै श्रेष्ठले बताईन् । कार्यक्रममा विभिन्न क्षेत्रका युवाहरू, समाजसेवी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको मञ्चले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्