विराटनगर ७ को एक प्लास्टिक उद्योगमा भीषण आगलागी,नियन्त्रण प्रयास जारी

<span class='c1'>विराटनगर ७ को एक प्लास्टिक</span> <span class='c2'>उद्योगमा भीषण आगलागी,नियन्त्रण प्रयास जारी</span>

विराटनगर महानगरपालिका–७ सात घुम्ती नजिकको एक प्लास्टिक उद्योगमा भीषण आगलागी भएको छ। केही समयअघि सुरु भएको आगो अहिले पनि नियन्त्रणबाहिर रहेको प्रहरीले जनाएको छ।

फ्याक्ट्रीभित्र आगो तीव्र रूपमा फैलिएको छ र त्यसलाई नियन्त्रणमा ल्याउने प्रयास जारी छ। तर, अहिलेसम्म आगो नियन्त्रणमा आउन सकेको छैन।

आगलागी नियन्त्रणका लागि विराटनगरका दमकलसँगै सुनसरीका विभिन्न स्थानीय तहबाट पनि थप दमकल बोलाइएको छ। सुरक्षाकर्मी, स्थानीयबासी र दमकल टोली आगो निभाउन निरन्तर प्रयासरत छन्।

उद्योग नजिकका घर तथा संरचनाहरू जोखिममा परेका छन्। आगलागीको कारण भने अझै खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्