मेरो देश-मेरो जिम्मेवारीको”नारा सहित प्राज्ञिक विद्यार्थी परिषद्,नेपाल राष्ट्रव्यापी अभियान प्रारम्भ

<span class='c1'>मेरो देश-मेरो जिम्मेवारीको”नारा सहित प्राज्ञिक</span> <span class='c2'>विद्यार्थी परिषद्,नेपाल राष्ट्रव्यापी अभियान प्रारम्भ</span>

मोरङ । देशलाई सकारात्मक दिशातर्फ डोर्याउने उद्देश्यसहित प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले “मेरो देश, मेरो जिम्मेवारी” नामक राष्ट्रव्यापी अभियान मंसिर १० गतेदेखि सुरु गर्ने भएको छ।

“कर्तव्य जानौँ, कर्ममा रमाऔँ”, “सचेत नागरिक नै देश विकासको आधार” जस्ता सन्देश सहित सञ्चालन हुने अभियानमार्फत वर्तमान निराशा, नकारात्मकता र विभाजनकारी सोच हटाई युवा र नागरिकमा सकारात्मक ऊर्जा तथा उत्तरदायित्वको भावना जागृत गराउने लक्ष्य राखिएको छ।

अभियान संयोजक दिनेश कार्कीका अनुसार देशभर विद्यालय, क्याम्पस, टोल–छिमेक र स्थानीय तहमा संकल्प अभियान, सुझाव संकलन, चेतनामूलक कार्यक्रम, विचार–गोष्ठी, अन्तरक्रिया, युथ मोटिभेसन सेसन लगायत गतिविधि सञ्चालन हुनेछन्।

भ्रष्टाचारविरुद्ध आवाज उठाउने, सामाजिक सद्भाव फैलाउने र राष्ट्रिय चरित्र मजबुत बनाउन युवालाई सक्रिय बनाउँदै राष्ट्रिय एकता र समाधानमुखी सोच प्रवर्द्धन गर्ने उद्देश्य अभियानको मूल केन्द्रमा रहेको बताइएको छ। मंसिर १० बाट सुरु हुने यो राष्ट्रिय अभियानलाई राष्ट्रिय चरित्र निर्माणतर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्