फेरि भारी परे मोरङ ६ मा बिनोद ढकाल, ढकाल प्यानलको एकछत्र प्रभुत्व

<span class='c1'>फेरि भारी परे मोरङ ६ मा</span> <span class='c2'>बिनोद ढकाल, ढकाल प्यानलको एकछत्र प्रभुत्व</span>

नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनका लागि मोरङ ६ बाट महाधिवेशन प्रतिनिधि छनोटमा नेता विनोद ढकाल नेतृत्वको प्यानलले सबै क्लस्टरमा जीत हासिल गरेको छ।

आइतबार बिहान सम्पन्न मतगणनाअनुसार खुला, महिला र युवा , तीनै कोटामा ढकाल पक्षका उम्मेदवारले फराकिलो मतान्तरसहित विजयी बने।
कूल खसेको मतमध्ये सबैभन्दा बढी मत प्राप्त गर्दै विनोद कुमार ढकाल सर्वाधिक लोकप्रिय उम्मेदवार बने। खुला तर्फ उनले १,५२७ मत प्राप्त गर्दै शीर्षस्थान सुरक्षित गरे।

ढकाल प्यानलका पितकुमार श्रेष्ठ (१,२८९), रमेशकुमार पोखरेल (१,२८६) र सत्यनारायण चौधरी (१,२७६) पनि विजयी भए।
यसैबीच संस्थापन पक्षका मिनकुमार आचार्य (६१२), मकर बुढाथोकी (६१६), रोहित कोइराला (६१७) र ज्ञानेन्द्र ओझा (५५१)ले उल्लेखनीय मत पाए पनि पराजित भए।

महिला क्लस्टरमा समेत ढकाल समूहले पूर्ण वर्चस्व कायम गर्‍यो। सरस्वती खरेलले १,२६५ र सरस्वती भण्डारीले १,१५८ मत प्राप्त गर्दै विजयी बने। प्रतिस्पर्धी रिता न्यौपानेले ९६६ र जानुका बड्तौलाले ५५१ मत ल्याए।

युवा कोटामा सन्तोष घिमिरेले १,११८ मतसहित सफलता पाए भने प्रविन घिमिरे ८५५ मतसहित दोस्रो भए।
निर्वाचित सबै उम्मेदवार वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका दावेदार ईश्वर पोखरेल पक्षका रूपमा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्