विराटनगर मङ्सिर १५ ,
जेन्जी आन्दोलनका क्रममा आगजनीबाट व्यापक क्षति पुगेको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटको पुनर्निर्माण कार्य तीव्र रूपमा सुरु भएको छ। सुपरमार्केटले आफ्नै निर्माण कम्पनी ‘स्पार्क कन्स्ट्रक्सन’ मार्फत भवन पुनर्निर्माणको काम अघि बढाएको हो।
भवनलाई आधुनिक प्रविधि तथा भूकम्प प्रतिरोधक संरचनासहित पुनर्निर्माण गरिँदै आएको कम्पनि व्यवस्थापनले जनाएको छ। । आगलागीपछि कमजोर बनेका पिलर र संरचनाहरूलाई मर्मत तथा सुदृढीकरण गर्ने कार्य इञ्जिनियरको विशेष टोलीले गरिरहेको छ।
आगामी बैशाख १, २०८३ देखि पुनः सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य तीव्र गतिमा भइरहेको भाटभटेनी व्यवस्थापनले जनाएको छ। विराटनगर शाखा पुनर्निर्माणमा आवश्यक सबै सुरक्षा मानक र सरकारी नियमनहरू पूर्ण रूपमा पालना गरिने बताइएको छ ।
