कोशी अस्पताल विराटनगरका डाक्टर क्लिनिक नधाउन स्वास्थ्यमन्त्रीको निर्देशन

<span class='c1'>कोशी अस्पताल विराटनगरका डाक्टर</span> <span class='c2'>क्लिनिक नधाउन स्वास्थ्यमन्त्रीको निर्देशन</span>

विराटनगर । नेपाल सरकारका स्वास्थ्य मन्त्री डा. सुधा शर्मा गौतमले कोशी अस्पताल विराटनगरको अनुगमन गर्दै समग्र सेवाको अवस्थाबारे जानकारी लिएकी छिन्। उनले अस्पताल परिसरमा निर्माणाधीन भवनहरूको निरीक्षण गर्दै निर्माणको प्रगतिबारे सम्बन्धित इन्जिनियर तथा अधिकारीसँग प्रत्यक्ष जानकारी लिएकी हुन्।

अनुगमनका क्रममा मन्त्री शर्माले अस्पतालका सेवा–सुविधा, चुनौती, र बेथिती सम्बन्धमा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) तथा स्वास्थ्यकर्मीहरूसँग विस्तृत छलफल गरिन्। धेरै वर्षदेखि उस्तै समस्या दोहोरिरहँदा सुधारको गति ढिलो भएको उल्लेख गर्दै उनले छिटै प्रभावकारी सुधारको प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाइन्।
मन्त्री शर्माले ३५ वर्षअघि कोशी अस्पतालमै काम गर्दा पनि यस्तै समस्याहरू देखिएको स्मरण गर्दै भनिन्, “दशकौँ पुराना समस्याहरू आज पनि उस्तै देखिनु दुर्भाग्य हो। अब छिटो भन्दा छिटो समाधानका लागि हामीले स्पष्ट कार्ययोजना अघि बढाएका छौँ।”
अस्पतालका डाक्टरहरु बाहिरका निजी क्लिनिकमा बढी समय खर्च गर्ने गरेको गुनासो बढेपछि मन्त्री शर्माले मेसु रुना झालाई अस्पतालमै स्वास्थ्यकर्मीको उपस्थिति सुनिश्चित गर्न कडा निर्देशन दिएकी छिन्। “अस्पतालको सेवा नै प्राथमिक हुनुपर्छ, बेतिथि अब सह्य हुँदैन,” मन्त्री शर्माले स्पष्ट पारिन्।


यसै क्रममा मन्त्री शर्मासँग भेट गरेका जेनजी युवाहरूले हालै घाइते भएका युवाहरूको उपचार र सरकारी पहलबारे प्रश्न राखेका थिए। जवाफमा मन्त्री शर्माले घाइतेहरूको वर्गीकरण, उपचार सहायता र राहत वितरणको प्रक्रिया नियमित रूपमा अगाडि बढिरहेको जानकारी दिइन्। उनले जेन्जि घाइतेहरूको सेवा–सुविधामा कुनै पनि अवरोध नआउने विश्वास दिलाइन्।


अस्पताल सुधारका कार्यहरू क्रमिक रूपमा अघि बढिरहेको र सेवा प्रभावकारितामा थप सुधार हुँदै जाने मन्त्री शर्माले बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्