विराटनगर । टंकीसिनवारी जूनियर जेसिसद्वारा आयोजित ‘भीम–अजिता वक्तृत्वकला च्याम्पियनसिप २०२५’ मा विराटनगर जूनियर जेसिसकी सचिव जूनियर जेसि अंकिता निरौलाले उत्कृष्ट प्रस्तुतिसहित प्रथम स्थान हासिल गरेकी छन्। शनिबार सम्पन्न प्रतियोगितामा उनले प्रतिस्पर्धीलाई प्रभावशाली चुनौती दिँदै विजेताको उपाधि हात पारिन्।

निरौलालाई नगद रु. ३०,००० सहित सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ। त्यसैगरी, बेलबारी जूनियर जेसिसकी जूनियर जेसि दीक्षा कार्की द्वितीय तथा इन्द्रपुर जूनियर जेसिसका बिशाल तिम्सिना तृतीय स्थानमा रहेका छन्।
नेपालभरका विभिन्न जूनियर जेसिस शाखाहरूको सहभागीता रहेको उक्त प्रतिस्पर्धाले युवा प्रतिभा पहिचान, उत्साहवर्द्धन तथा नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुगेको आयोजकले विश्वास व्यक्त गरेको छ।