एबीसी स्कुलद्वारा विराटनगर–५ मा एक दिने नि:शुल्क आँखा शिविर सम्पन्न

<span class='c1'>एबीसी स्कुलद्वारा विराटनगर–५ मा एक</span> <span class='c2'>दिने नि:शुल्क आँखा शिविर सम्पन्न</span>

विराटनगर मङ्सिर २१ ,

विराटनगर ५ सम्झना चोकस्थित एकेडेमी अफ ब्राइट चिल्ड्रेन (एबीसी स्कुल) द्वारा शनिबार एक दिने नि:शुल्क आँखा शिविर सम्पन्न गरिएको छ। म‌ंसिर २० गते बिहान ९ बजे देखि दिउँसो २ बजे सम्म सञ्चालन भएको उक्त शिविर रामलाल गोल्छा आँखा अस्पतालको प्राविधिक सहयोगमा गरिएको हो।

शिविरमा विद्यालयका विद्यार्थी, अभिभावक तथा आसपासका बासिन्दासहित १६० भन्दा बढीले आँखा परीक्षण गराएका छन्। परीक्षणमा सहभागीमध्ये १५ जनाको नि:शुल्क मोतियाबिन्दु शल्यक्रिया गरिने विद्यालयले जनाएको छ।

समुदायमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित उक्त शिविर स्थानीयस्तरमा प्रभावकारी रूपमा सम्पन्न भएको आयोजकले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्