विराटनगरमा वैदेही ज्ञानकुञ्ज कलेजको आयोजनामा कार्यक्रम सम्पन्न

<span class='c1'>विराटनगरमा वैदेही ज्ञानकुञ्ज कलेजको</span> <span class='c2'>आयोजनामा कार्यक्रम सम्पन्न</span>

विराटनगर मङ्सिर २८ , विराटनगर ११ स्थित वैदेही ज्ञानकुञ्ज कलेजको आयोजनामा शनिबार एक विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा युवा रोजगारी, उद्यमशीलता र आत्मनिर्भरता जस्ता समसामयिक विषयमा गहन छलफल गरिएको थियो।

कार्यक्रममा प्रोफेसर डा. प्रमोद झा, बैंकर प्रकाश घिमिरे, उद्योगी अनिलकुमार शाह, पत्रकार शंकर खरेल र अभियन्ता बसन्त अधिकारी वक्ताका रूपमा सहभागी थिए। वक्ताहरूले युवालाई उद्यमी बन्न प्रेरित गर्ने, रोजगारी सिर्जनामा निजी क्षेत्र र शैक्षिक संस्थाको भूमिका, तथा व्यवहारिक शिक्षा र उद्योगबीचको सहकार्यको आवश्यकता बारे धारणा राखे।

छलफलका क्रममा शैक्षिक संस्थाले सीपमूलक शिक्षा र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने र उद्योगीहरूले युवालाई अवसर दिनुपर्नेमा जोड दिइएको थियो। कार्यक्रममा सहभागी युवाहरूले पनि रोजगारी र उद्यमशीलतासम्बन्धी आफ्ना जिज्ञासा तथा सुझाव प्रस्तुत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्