रास्वपाको सम्भावित सांसद सूचीमा राज्यलक्ष्मी गोल्छा, फेरि राजनीतिमा कमब्याक ?

<span class='c1'>रास्वपाको सम्भावित सांसद सूचीमा राज्यलक्ष्मी</span> <span class='c2'>गोल्छा, फेरि राजनीतिमा कमब्याक ?</span>

विराटनगर पुष ४ ,  विराटनगरको व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रतिनिधिसभा समानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्।

संविधानसभा सदस्यसमेत रहेकी गोल्छा मधेशी कोटाबाट प्रारम्भिक सूचीमा समेटिएकी हुन्। रास्वपाले सूचीमा रहेका उम्मेदवारसँग पुस ५ गते छलफल गर्ने तयारी गरेको छ। रास्वपाले समानुपातिकका लागि आवेदन माग गरेर त्यसमा उनले आवेदन दिए पछि उक्त नाम सुचिमा आएको हो ।

गोल्छा यसअघि दोस्रो संविधानसभामा नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी थिइन्। चन्दा दिएबापत सांसद बनेको आरोप खेप्दै आएकी उनी प्रधानमन्त्री निर्वाचनका बेला संसदमा अनुपस्थित भएपछि एमालेसँग विवादमा परेकी थिइन्।

पुरानो विवादपछि राजनीतिको किनारामा पुगेकी गोल्छाको नाम फेरि उम्मेदवार सूचीमा आएसँगै उनी राजनीतिमा पुनः सक्रिय हुने संकेत देखिएको छ।

आवर विराटनगरसंगको कुराकानीमा उनले आफ्नो नाम सुचिमा रहेको देखेर खुसी व्यक्त गरेकी छिन । उनि हाल उनको व्यावसायिक जीवनमा व्यस्त रहेकी थिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्