विराटनगर पुष ४,
स्थानीय व्यवसायीहरूको दैनिक कारोबार व्यवस्थापन सहज बनाउने उद्देश्यले ‘लोक्ता’ मोबाइल एप विराटनगरमा सञ्चालनमा आएको छ। एपबारे जानकारी दिन आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत औपचारिक रूपमा सार्वजनिक गरिएको हो।
कोडदरबार कम्पनीले विकास गरेको यस एपबाट व्यवसायीहरूले हिसाब–किताब, स्टक व्यवस्थापनलगायतका काम सजिलै गर्न सक्नेछन्। विशेषगरी, प्रयोगकर्ताले आफ्नो आवाजमार्फत पनि हिसाब राख्न सक्ने सुविधा यस एपको मुख्य आकर्षण रहेको आयोजकले बताएका छन्।
डिजिटल माध्यमबाट साना तथा मध्यम व्यवसायलाई प्रविधिसँग जोड्ने लक्ष्यसहित ‘लोक्ता’ एप सञ्चालनमा ल्याइएको जनाइएको छ।