विराटनगरको हिमालय रोडमा पाँचौँ सडक महोत्सव हुदै,आन्तरिक पर्यटनलाई टेवा पुर्‍याउने

<span class='c1'>विराटनगरको हिमालय रोडमा पाँचौँ सडक</span> <span class='c2'>महोत्सव हुदै,आन्तरिक पर्यटनलाई टेवा पुर्‍याउने</span>

विराटनगर । विराटनगरको हिमालय रोडमा पाँचौँ सडक महोत्सव आयोजना हुने भएको छ। आगामी माघ १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा विभिन्न जातजातिका परम्परागत खानाका परिकार राखिने भएको छ ।


मञ्जिना मुभिज क्रिएसनको आयोजनामा हुन लागेको यो पाँचदिने सडक महोत्सवमा खानाका स्टलहरूका साथै लाईभ म्युजिक, सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक प्रस्तुतिहरू रहनेछन् । महोत्सवले स्थानीय संस्कृति, कला र खानालाई प्रवद्र्धन गर्नुका साथै आन्तरिक पर्यटनलाई समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।
महोत्सवबारे जानकारी दिँदै आयोजक मञ्जिना मुभिज क्रिएसनका प्रतिनिधि जतिन ताम्राकारले विभिन्न जातजातिको मौलिक स्वाद, कला र संस्कृतिलाई एउटै स्थानमा प्रस्तुत गर्ने उद्देश्यले सडक महोत्सव आयोजना गरिएको बताउनुभयो। उहाँले विराटनगरवासी तथा आसपासका दर्शकहरूलाई परिवारसहित सहभागी भई महोत्सवको आनन्द लिन आग्रह गर्नुभयो। हिमालय रोडलाई उत्सवमय बनाउने उद्देश्यसहित आयोजना हुन लागेको यस सडक महोत्सवले विराटनगरको सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्