विराटनगर । विराटनगर–२ शंखरपुरमा रहेको सेन्ट मेरिज स्कुलले १८ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न गरेको छ । स्कुलको प्रांगणमा शुक्रबार कक्षा १ देखि ५ सम्म र शनिबार ६ देखी १० कक्षा सम्म अध्ययनरत छात्राहरूका अभिभावकलाई निमन्त्रण गरी अभिभावक दिवस तथा विविध सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सन्देसमुलक कविता, नृत्य, गीत, नाटकको माध्यमबाट विविध सांस्कृतिक प्रस्तुतिमार्फत सहभागी अभिभावकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए । नानीहरूको आत्मविश्वासपूर्ण प्रस्तुति र सिर्जनशीलताले संयौको संख्यामा उपस्थित भएका अभिभावकहरूलाई गर्वको अनुभूति गराएको सहजै भईरहेको देखिन्थ्यो ।

विद्यालयकी प्रिन्सिपल सिस्टर मार्लीन सि.जेले कार्यक्रममा सहभागी सम्पूर्ण अभिभावकप्रति आभार व्यक्त गर्दै उनले स्कुलले सैन्दान्तिक शिक्षा प्रदान गर्दै आएको बताउनुभयो । सेन्ट मेरिज स्कुलमा छात्रा मात्र अध्ययन गर्दै आएका छन् ।
