विराटनगर । विराटनगरमा बुधबारबाट सुरु हुन लागेको विराट टे«ड एक्स्पो २०८२ को सम्पुर्ण तयारी पुरा भएको छ । मोरङ उद्योग व्यापार संघको आयोजनामा भोलि पुष ९ गतेदेखी विराटनगर १ स्थित जिल्ला प्रहरी कार्यालय मोरङ छेउ खाली मैदानमा एक्स्पो लाग्दैछ । एक्स्पोको उद्धघाटन भने संघीय सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले गर्ने आयोजक टिमले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
पुष ९ गतेबाट सुरु हुने एक्स्पो आगामी पुष १९ गते सम्म जारी रहने विराट ट्रेड एक्स्पोको सम्पुर्ण तयारी पुरा भएको एक्स्पोका संयोजक अमित साराडाले जानकारी दिए ।
विराट ट्रेड एक्स्पोमा नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरी ४ देशका २ सय ३० स्टल रहेका छन् ।
विराटनगर सहित कोशी प्रदेश तथा छिमेकी देश भारतका उपभोक्ताले चार देशका औद्योगिक तथा व्यापारिक क्षेत्रको सामानको अवलोकन गरेर खरिद गर्न सक्ने जनाइएको छ । यसपटकको विशेष आर्कषण अस्ट्रेलियाको सिड्नीमा रहेको ओपेरा हाउसको डिस्प्ले र जलपरी विराट ट्रेड एक्स्पोको मुख्य सेल्फीजोनका रूपमा रहेका छन् । एक्स्पोको अवधिभर रहेक साँझ राष्ट्रिय तथा स्थानिय कलाकारहरुको साँगितीक साँझ रहने छ । विराट ट्रेड एक्स्पोको अवलोकन गर्नका लागि १ सय ५० रुपैयाँ टिकट दर कायम गरिएको छ ।
२ लाख भन्दा बढी उपभोक्ताले अवलोकन गर्ने विराट ट्रेड एक्स्पोमा २० देखि ३० करोड रुपैयाँ बराबारको कारोबार हुने विराट ट्रेड एक्स्पो संयोजक अमित सारडाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । साथै विराट ट्रेड एक्स्पो विराटनगरको मात्र नभई कोशी प्रदेश कै एक ऐतिहासिक व्यापार मेला रहेकाले सबैलाई अवलोकन गरिदिन पनि संयोजक साराडाले आग्रह गर्नुभयो ।