विराटनगरमा भोलीबाट १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुदै

<span class='c1'>विराटनगरमा भोलीबाट १८ औँ राष्ट्रपति</span> <span class='c2'>रनिङ शिल्ड प्रतियोगिता हुदै</span>

विराटनगर । विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता( २०८२ भोलिबाट सुरु हुने भएको छ। विराटनगर महानगरपालिकाको आयोजना तथा एभरेष्ट माध्यमिक विद्यालयको संयोजनमा पुस ९ गते देखि ११ गते सम्म सञ्चालन हुने प्रतियोगिता भोलिबाट सुरु हुने भएको हो।
भोलीबाट सुरु हुने प्रतियोगितामा विराटनगर महानगरपालिकाका ६१ वटा विद्यालयका १ हजार ५ सय २५ जना विद्यार्थीको सहभागिता रहने मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।


पत्रकार सम्मेलनमा बोल्दै एभरेष्ट माध्यमिक विद्यालयका प्राचार्य टिकाराम पुरीले महानगरसँगको सहकार्यमा प्रतियोगिताको संयोजन र समन्वय एभरेष्ट माध्यमिक विद्यालयले गर्ने बताउनुभयो ।


प्रतियोगिता निर्देशन समितिका संयोजक तथा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले प्रतियोगिता महानगरमा रहेका सामुदायिक र संस्थागत विद्यालयको उत्साहपूर्ण सहभागिता रहने विश्वास व्यक्त गर्नु भएको थियो।

महानगरका शैक्षिक प्रशासन महाशाखाका प्रमुख राम ढुंगेलले प्रतियोगितामा छात्र को ६६ र छात्राको ६६ गरेर १३२ वटा पदकका लागि स्पर्धा हुने जानकारी गराउनु भएको थियो। ढुंगेलले प्रतियोगितामा भलिबल, कबड्डी, तेक्वान्दो, उसु, मार्सल आर्ट लगायत ट्रयाक र फिल्ड खेलहरूमा प्रतिस्पर्धा हुने बताउनु भयो। प्रतियोगिताका खेलहरू विराटनगरस्थित शहीद रङ्गशाला, रङ्गशालाको कभर्डहल र फ्युजन तेक्वान्दो तालिम केन्द्रमा हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्