विराटनगरमा आजबाट सुरु भयो औद्योगिक व्यापार मेला, २०देखी ३० करोडको कारोबार हुने आशा

<span class='c1'>विराटनगरमा आजबाट सुरु भयो औद्योगिक व्यापार मेला,</span> <span class='c2'>२०देखी ३० करोडको कारोबार हुने आशा</span>

विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा विराटनगरमा आजबाट विराट टे«ड एक्स्पो २०८२ सुरु भएको छ । विराटनगर १ स्थित जिल्ला प्रहरी कार्यालय मोरङ छेउ खाली मैदानमा आजबाट एक्स्पो सुरु भएको छ । एक्स्पोको उद्धघाटन अन्तिरम सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले गरेका छन् ।


एक्स्पोको उद्धघाटन् गर्दै अर्थमन्त्री खनालले निजी क्षेत्रलाई शंकाको घेरामा राखेर नभई विश्वास गरेर मात्रै मुलुकको अर्थतन्त्र बलियो हुने बताएका छन् । उनले कर प्रशासनलाई पूर्णतः प्रविधिमैत्री र झन्झटमुक्त बनाउँदै संघीयतालाई संस्थागत गर्ने प्रतिबद्धता जनाएकाछन् ।
अन्तरिम सरकारको प्रमुख एजेन्डा सुशासन र भ्रष्टाचार नियन्त्रण रहेको बताउँदै उनले यो अवधिमा भ्रष्टाचारका मुद्दाहरूमा भएको प्रगतिले त्यसलाई पुष्टि गरेको दाबी गरे । उनले आगामी फागुन २१ गते तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।


विराट ट्रेड एक्स्पोमा नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरी ४ देशका २ सय ३० स्टल रहेको एक्स्पोका संयोजक अमित साराडाले बताए । यसपटकको विशेष आर्कषण अस्ट्रेलियाको सिड्नीमा रहेको ओपेरा हाउसको डिस्प्ले र जलपरी विराट ट्रेड एक्स्पोको मुख्य सेल्फीजोनका रूपमा रहेका छन् । एक्स्पोको अवधिभर रहेक साँझ राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड साँगितीक साँझ रहने आयोजकले जनाएको छ ।

विराट ट्रेड एक्स्पोको अवलोकन गर्नका लागि १ सय ५० रुपैयाँ टिकट दर कायम गरिएको छ भने जेष्ठ नागरिकलाई निशुल्क प्रवेश गरिएको छ । २ लाख भन्दा बढी उपभोक्ताले अवलोकन गर्ने विराट ट्रेड एक्स्पोमा २० देखि ३० करोड रुपैयाँ बराबारको कारोबार हुने आयोजकले अपेक्षा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्