मनमोहनमा छात्रले छात्रा जिस्क्याएपछि निलम्बन, फुकुवा गर्न आन्दोलन

<span class='c1'>मनमोहनमा छात्रले छात्रा जिस्क्याएपछि</span> <span class='c2'>निलम्बन, फुकुवा गर्न आन्दोलन</span>

विराटनगर । मोरङको बुढीगंगास्थित मनमोहन प्राविधिक विश्वविद्यालय अन्तर्गत पोलिटेक्निकमा अध्ययनरत छात्रहरुले छात्राहरुलाई जिस्काएको आरोपमा निलम्बन गरिएपछि विवाद उत्कर्षमा पुगेको छ । छात्राहरुले विश्वविद्यालय प्रशासनसँग गरेको अनुरोधका आधारमा जिस्ताउनेहरुलाई दुई हप्ताका लागि लिनम्बन गरिएपछि फुकुवा हुनुपर्ने माग गर्दै शुक्रबार तनावमा परिणत भएको हो ।

चार दिन अगाडी पोलिटेक्निकका छात्राहरूले प्रशासनसँग सहयोग मागेका थिए । त्यसपछि संलग्न रहेका छात्रहरुका अभिभावक समेतको परामर्शमा उनीहरुलाई प्रशासनले निलम्बन गरेको थियो । निलनम्बन गरेपछि भने फुकुवा हुनुपर्ने माग गर्दै त्यो समूहले शुक्रबार आगजनी र तोडफोड गर्दै पढाई अवरोध गरेको हो । अभिभावकसँगको छलफल पछि ४ जना विद्यार्थीलाई निलम्बन गरिएको थियो, १५ दिनका लागि निलम्बन गरेपछि उनीहरुले त्यसो गर्न नहुने भन्दै फिर्ताका लागि आन्दोलन गरेर तोडफोड र क्षति गर्ने मनस्थितिमा बनाएका हुन् ।

प्रदर्शनका कारण केही समय स्थिति तनावपूर्ण बनेपनि अहिले सामान्य स्थितिमा फर्किएको छ । कलेज परिसरका झ्यालका सीसा फुटे बाहेक अन्य क्षति नभएको बताइएको छ । विश्वविद्यालय प्रशासनले अभिभावक समेतलाई पुनः छलफलका लागि बोलाउने तयारी गरेको छ । विद्यार्थीहरू साँच्चै दोषी हुन् वा होइनन् भन्नेबारे थप बुझ्न र समस्याको समाधान निकाल्न प्रशासनले वार्ताको बाटो रोजेको हो।

विश्वविद्यालयमा छात्र र छात्रालाई जिस्काएको विषयमा तनाव हुँदा प्रहरी समेत परिचालन गर्नुपर्ने स्थिति आएको थियो । मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालले तनाव साम्य बनाउन प्रहरी परिचालन गरिएको र थप विषय वार्तामार्फत टुंगो लाग्ने बताएकी छिन् । निलम्बनको विरोधमा विद्यार्थीले शुक्रबार बिहानदेखि प्रदर्शन गर्दै कलेजको मुख्य गेटमा तालाबन्दी गरेको उनले बताइन् ।
विश्वविद्यालय प्रशासनले प्रारम्भिक छानबिनका क्रममा अनुशासन उल्लंघन भएको देखिएकाले निष्पक्ष अनुसन्धानलाई सहज बनाउन चार विद्यार्थीलाई अस्थायी रूपमा निलम्बन गरिएको जनाएको छ । छानबिन समितिको प्रतिवेदन आएपछि थप निर्णय गरिने प्रशासनको भनाइ छ ।

यसैबीच, विश्वविद्यालय प्रशासनले क्याम्पसमा शान्ति–सुरक्षा र पठनपाठनको वातावरण कायम राख्न वार्ताको आह्वान गरेको छ । कानुन र संस्थागत आचारसंहिताअनुसार अघि बढ्ने स्पष्ट पार्दै आन्दोलनका कारण उत्पन्न परिस्थितिबारे सरोकारवाला निकायसँग समन्वय भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्