गुरुङ समुदायले विराटनगरमा विविध कार्यक्रम गरी ल्होसार पर्व मनाउने

<span class='c1'>गुरुङ समुदायले विराटनगरमा विविध कार्यक्रम</span> <span class='c2'>गरी ल्होसार पर्व मनाउने</span>

विराटनगर । विराटनगरमा रहेका गुरुङ समुदायले यसपटकको तमु ल्होसार पर्व ( त ल्हो) घोडा वर्ग पर्व विविध कार्यक्रम गरी मनाउने भएको छ ।
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् महानगर इकाई कमिटी, विराटनगरले यसपटक पनि विगतको जस्तै विविध कार्यक्रम गरी मनाउने तयारी गरेको छ ।
ल्होसार पर्वको पुर्वसन्धयामा आईतबार विराटनगरमा रहेका विभिन्न जातिय संघ सस्थासँग शुभकामना आदान प्रदान गरेको छ ।

त्यसैगरी ल्होसार पर्वको अवसरमा भोली पुष १४ गते सोमबार विहान ७ बजे धर्म सस्कृतिका लागि सडक दौड कार्यक्रम आयोजना गर्ने भएको छ । ल्होसार पर्वको पुर्व सन्ध्यामा सोमबार साँझ महेन्द्र चौकमा दिप प्रजवलन कार्यक्रम आयोजना गर्ने भएको छ । त्यसैगरी पुष १५ गते ल्होसार पर्वको अवसरमा विराटनगरको हाटखोलाको हरियाली पार्कमा विविध सास्कृतिक कार्यक्रम सहितको कार्यक्रम गर्ने तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् महानगर इकाई कमिटी, विराटनगरका सचिव राजेश गुरुङले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्