आज ल्होसार पर्व, विराटनगरमा पनि गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउँदै

<span class='c1'>आज ल्होसार पर्व, विराटनगरमा पनि गुरुङ</span> <span class='c2'>समुदायले नयाँ वर्षका रूपमा मनाउँदै</span>

विराटनगर । गुरुङ समुदायको महान् पर्व ‘तमु ल्होसार’ आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ । पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै गुरुङ समुदायले आफ्नो मौलिक पर्वलाई भव्यताका साथ मनाउन लागेका हुन् ।

‘ल्हो’ भन्नाले वर्ष र ‘सार’ भन्नाले फेरिनु भन्ने बुझिन्छ। तसर्थ, वर्ष फेरिने दिनको सङ्केतका रूपमा यस पर्वलाई ‘तमु ल्होसार’ नामाकरण गरिएको हो । विशेष गरी पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछि दिनहरू लम्बिँदै जाने हुँदा अन्धकारमाथि उज्यालोको विजयको प्रतीकका रूपमा पनि यसलाई लिइन्छ । सूर्यको ताप र भौगोलिक अवस्थितिसँग पनि यो पर्वको गहिरो सम्बन्ध रहेको छ ।


ल्होसारको अवसरमा संघीय सरकारले आज सार्वजनिक बिदा दिएको छ । ल्होसार महोत्सव अन्तर्गत आज विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिँदैछ । यसैविच यता तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् महानगर इकाई कमिटी, विराटनगरले पनि आज  विहानैदेखी विराटनगरको हाटखोला स्थित हरियाली पार्कमा विशेष कार्यक्रम गर्ने तयारी गरेको परिषद्का सचिव राजेश गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्