ग्रीनल्याण्ड कलेजका विद्यार्थीद्धारा रिमोट कन्ट्रोल कार निर्माण गरी सफल परीक्षण

<span class='c1'>ग्रीनल्याण्ड कलेजका विद्यार्थीद्धारा रिमोट कन्ट्रोल</span> <span class='c2'>कार निर्माण गरी सफल परीक्षण</span>

विराटनगर । विराटनगर ९ मा रहेको ग्रीनल्याण्ड कलेजमा चार दिने सूचना प्रविधि (आईटी) वर्कसपको बुधबार सम्पन्न भएको छ ।
आईएनजी — इनोभेट नेपाल ग्रुपको सहकार्यमा कलेजले आयोजना गरेको ४ दिनेवर्कसपमा विद्यार्थीहरूले प्रविधि र नवप्रवर्तनको प्रयोग गर्दै रिमोट कन्ट्रोल (आरसी) कार निर्माण गरी सफल परीक्षण गरेका छन् ।


चार दिने सूचना प्रविधि (आईटी) वर्कसपको समापनका अवसरमा विद्यार्थीहरूले तयार पारेका कारको प्रदर्शनी गर्दै प्रत्यक्ष सञ्चालनसमेत गरेर देखाएका हुन् ।
वर्कसपमा विद्यार्थीलाई सैद्धान्तिक र व्यवहारिक दुवै ज्ञान प्रदान गरिएको थियो । वर्कसपको पहिलो दिन आधारभूत सैद्धान्तिक ज्ञान, त्यसपछिका दुई दिन व्यवहारिक तालिम तथा अन्तिम दिन विद्यार्थी स्वयंले आरसी कार निर्माण गरी परीक्षण गरिएको कलेजका प्रिन्सीपल दिनेश दाहालले जानकारी दिनुभयो ।


दाहालका अनुसार वर्कसपमा १५० जना विद्यार्थीले प्रत्यक्ष सहभागिता जनाएका थिए भने करिब १ हजार २०० विद्यार्थीले प्रदर्शनी अवलोकन गरेका थिए । विद्यार्थी कृष्ण पोद्धारका अनुसार आरसी कार निर्माणमा अर्डुइनो बोर्ड, मोटर ड्राइभर, ब्लुटुथ मोड्युल, ब्याट्री तथा होल्डर, जम्पर वायर, स्वीच र चेसिसजस्ता सामग्री प्रयोग गरिएको छ । प्रदर्शनीका लागि तयार पारिएका दुई वटा कार निर्माणमा करिब १७ हजार रुपैयाँ खर्चिएका पोद्धारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्