विराटनगरमा सुरु भएको छैन चुनावी माहौल, नयाँले निषेध गर्न मोर्चाबन्दी गरे पुराना मिल्नुपर्ने मनोविज्ञान

<span class='c1'>विराटनगरमा सुरु भएको छैन चुनावी माहौल, नयाँले</span> <span class='c2'>निषेध गर्न मोर्चाबन्दी गरे पुराना मिल्नुपर्ने मनोविज्ञान</span>

विराटनगर । आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको तयारी तिव्र छ । सबै दलहरु निर्वाचनमा जाने मनस्थितिमा देखिन्छन् । समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाईसकिएको छ । निर्वाचनको माहौल बन्दै जाँदा स्थानीय राजनीतिक दलहरु नागरिकमुखी बन्दै जानुपर्ने भएपनि सुस्त जस्तो देखिन्छ । पछिल्लो समय नयाँ शक्तिको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, उज्यायो नेपाल पार्टी गठन गरेका कुलमाल घिसिङ समेत एकिकरण भएसँगै पुराना राजनीतिक दलका स्थानीय कार्यकर्ताको मनोविज्ञान फरक ढंगबाट प्रस्तुत भइरहेको छ ।

कोशी प्रदेशको राजधानी विराटनगरमा मोरङका तीन निर्वाचन क्षेत्र समावेश छन् । क्षेत्र नम्बर ४, ५ र ६ ले विराटनगरसँग जोडिएको छ । यी तीन क्षेत्रमा नेपाली काँग्रेस, एमाले र तत्कालिन माओवादी हालको नेपाली कम्यूनिष्ट पार्टीका नेता नै निर्वाचित हुँदै आएका छन् । यस पटक आफ्नो पक्षमा पार्ने चुनौती पुराना दललाई छ । राजनीतिकको उद्गम थलो, नेपाली काँग्रेसको पकड भएको विराटनगरमा अहिले काँग्रेस नै अन्यौलमा रहेको छ । नेपाली काँग्रेस विराटनगरका सभापति दिपक चापागाँई पार्टी महाधिवेशनले अलिअलि तताइरहेको माहौल, अहिले अनिश्चित बनेपछि सेलाएको बताउँछन् । उनले समानुपातिक निर्वाचनको बन्दसूची बुझाउँदा स्थानीय समितिको काम नपरेको पनि सुनाउँछन् । संस्थापन पक्षले ६० र शेखर–गगन पक्षले ४० प्रतिशत बाँडेर उमेदवारको सूची बुझाएको उनी बताउँछन् ।

उनले प्रतिनिधिसभा निर्वाचनको विषयमा अहिलेसम्म पार्टीको माथिल्लो निकायले कुनैपनि परिपत्र जारी नगरेको सुनाए । तर, स्थानीय पार्टीका नेताहरु नागरिकसँग दैनिक जोडिने क्रममा कतिपय फरक अनुभवहरु सुन्न पाइरहेको उनी बताउँछन् । उनले अहिले नयाँ शक्तिको रुपमा एकिकृत भइरहेको स्थितिमा पुरानो पार्टीहरुले विगतमा गरेका कमजोरीलाई नागरिकले औल्याउने गरेको सभापति चापागाँईले बताए । तर, पुराना दलहरुसँग भरोसा अझै पनि कायम रहेकाले त्यसलाई जगाउने काम गर्न दलहरुले ढिला गर्नुनहुनेमा उनको जोड छ । उनले भने–जतिसुकै नयाँ आएपनि तिनले गर्ने यहाँभन्दा धेरै हुन्न भन्ने पनि छन्, पुरानाले भन्दा राम्रो गर्दछन् भन्ने पनि छन् । तर, नयाँसँग नीति नभएकाले नागरिकले पत्याउन सक्ने अवस्था नरहेको उनी दावी गर्दछन् ।

काँग्रेस मात्रै हैन, विराटनगरमा एमाले पनि अहिलेसम्म सुस्त देखिएको छ । नेकपा एमाले महानगर कमिटि अध्यक्ष बलराम गिरी अहिलेको अवस्था पार्टीलाई स्थापीत गर्न चुनौती छ तर त्यसलाई चिर्नुपर्ने दायित्व पनि छ । उनले नयाँसँग पुरानाको तुलना गर्ने कुनै पनि काम छैनन् । तर, पुरानाले गरेका काममा चित्त नबुझाउँदा नयाँसँग आश राख्नेहरु देखिन्छन् । यद्यपी सामाजिक मनोविज्ञान पुराना दलहरुको कार्यशैलीमा सुधार हुनुपर्ने र देशको नेतृत्व गर्नुपर्ने देखिने गरेको गिरी बताउँछन् । उनले अहिले एमाले महानगर कमिटिले टोलटोलमा इन्चार्ज परिचालन गरेर पार्टीका कार्यकर्तालाई सक्रिय बनाउने काम गरिरहेको उनले बताए । वडास्तरीय भेटघाटका कार्यक्रमलाई टोलस्तरीय भेलाजम्मा र छलफलमा रुपान्तरण गरिएको उनले सुनाए । उनले नयाँका विरुद्ध पुरानाको मोर्चा भन्दा कार्यशैलीमा सुधार जरुरी रहेको बताएका छन् । तर, निषेधको मनोविज्ञान हावी भए मोर्चाबन्दी गर्नुपर्ने उनको भनाई छ ।

तत्कालिन माओवादी विभिन्न राजनीतिक दलसँग एकता गरेर नेपाली कम्यूनिष्ट पार्टी बनेको छ । नेपाली कम्यूनिष्ट पार्टीका गतिविधि निर्वाचन क्षेत्र लक्षित गरेर सुरु गरिएका त छन् तर यसको संस्थागत निर्णय भने भएको छैन । नेपाली कम्यूनिष्ट पार्टीका स्थानीय नेता देव राजबंशीले स्थानीय तह एकता भेला भइनसकेको बताए । उनले पार्टी केन्द्रले निर्वाचनसँग ठोस निर्णय भएको परिपत्र पठाइनसेको बताए । तर, एकल उमेदवार सिफारिस भएका क्षेत्रमा भने उमेदवारहरुसँग स्थानीय पार्टीले टोल भेलाहरु आयोजना गरिरहेको उनले सुनाए । मोरङ क्षेत्र नम्बर ४ र ५ मा एकल उमेदवार सिफारिस गरेको छ । जसअन्तर्गत क्षेत्र नम्बर ४ मा अमनलाल मोदी अहिले आफैं मतदातासँग भेट गरिरहेका छन् । क्षेत्र नम्बर ५ मा शिवकुमार मण्डल सिफारिसमा भएपछि उनले पनि गाउँवस्तीका मतदातासँग भेट गर्दै आएका छन् । यता क्षेत्र नम्बर ६ मा समेत सिफारिस भएका उमेदवारमध्ये प्रवल संभावितले भेटघाट सुरु गरेका छन् ।

एकतापछि थप बलियो भएको महसुश गर्दै माओवादीले विराटनगरसँग जोडिएका तीनवटै क्षेत्रमा पहल कदमी लिने दावी गरेको छ । यो पार्टीका नेताहरुले नयाँ शक्तिको रुपमा जन्मिएको रबि–बालेन–कुलमानको रास्वपालाई नजरअन्दाज गर्न नमिल्ने बताउँछन् । यद्यपी चिनिएको वा सामाजिक रुपमा परिचित व्यक्ति नभएका कारण मतदाताले भने जसलाई उठायो उसैलाई मत दिन्छन् भन्ने सोच राख्नुनपर्ने मनस्थितिमा पनि देखिन्छन् । पार्टीका एकजना नेताले जनयुद्ध हुँदै संविधानसभाबाट जारी संविधानमा संस्थागत गर्न नसकेका कतिपय माग सम्बोधन हुने स्थितिमा मतदाता माओवादीसँगै वैचारिक र कार्यक्रमिक हिसाबले आश्वस्त देखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्