फेरी बढ्यो जाडो : विराटनगरका विद्यालय र अस्पतालमा देखिएको छैन ग्राह्रो

<span class='c1'>फेरी बढ्यो जाडो : विराटनगरका विद्यालय</span> <span class='c2'>र अस्पतालमा देखिएको छैन ग्राह्रो</span>

विराटनगर । गत हप्ता ह्वात्तै चिसो हुँदाहुँदै घाम लागेर न्यानो भएको विराटनगरको मौसम शनिबार साँझदेखि पुनः चिसो हुन थालेको छ । आइतबार देशभर पश्चिमी वायूको प्रभावका कारण तराई क्षेत्रमा हुस्सु र कुहिरोले चिसो बढाएको छ । बिहानदेखि साँझसम्म दिनभर मौसम चिसो नै रह्यो ।

जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार दिनभर तराई भूभागका अधिकांश स्थानमा हुस्सु–कुहिरो रहेको छ । तर, विराटनगरमा चिसो बढेपनि अहिले अस्पतालमा मौसमी बिरामीको चाप छैन । कोशी अस्पताल विराटनगर मेडिकल सुपरिटेन्डेन्ट रुणा झाले यस पटक चिसो बढेपछि बिरामीको चाप कम रहेको बताइन् । उनले ज्येष्ठ नागरिक, बालबालिका र दम रोगीहरुलाई विशेष ख्याल राख्ना अनुरोध गरिन् । उनले चिसोबाट प्रभावित बिरामीको संख्या यस पटक कम रहेको र अस्पतालको ओपीडी नै खाली रहेको सुनाइन् ।

जाडो बढेसँगै विराटनगरका विद्यालय बन्द गरिदिनुपर्ने अघिल्लो वर्षहरुमा अभिभावकको माग हुने गरेको थियो । तर, यस पटक अहिलेसम्म विराटनगरका विद्यालय बन्द हुनुपर्छ भन्ने माग महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखासम्म पुगेको छैन । महाशाखाका प्रमुख राम ढुंगेलले जाडोका कारण बालबालिकालाई विद्यालयमा असर परेको भन्ने गुनासो नआएको सुनाए । उनले पुस २२ गतेदेखि दोस्रो त्रैमासिक परीक्षा रहेकोले दैनिक दुई घण्टा मात्रै विद्यालय लाग्ने स्थिति रहेको बताए । त्यसमा पनि बिहान पनि हतार कम र दिनभर पनि विद्यालयमै रहनुपर्ने बाध्यतामा बालबालिका नरहने उनको भनाई छ ।

कोशी प्रदेशका पहाडी तथा हिमाली भागका साथै गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख गरिएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना समेत औल्याइएको छ ।
दिउँसो मात्रै नभई राति पनि तराई भागका धेरै स्थानमा कुहिरो लाग्ने जनाइएको। कोशी प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। चिसोको प्रभाव रहँदा दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्