स्वास्थ्य सेवालाई थप विस्तार गर्दै विराट नर्सिङ्ग होमले ल्यायो अत्याधुनिक ‘क्याथ ल्याब’

<span class='c1'>स्वास्थ्य सेवालाई थप विस्तार गर्दै विराट</span> <span class='c2'>नर्सिङ्ग होमले ल्यायो अत्याधुनिक ‘क्याथ ल्याब’</span>

विराटनगर । विराटनगरमा रहेको विराट नर्सिङ्ग होमले आफ्नो स्वास्थ्य सेवालाई थप विस्तार गर्दै अत्याधुनिक ‘क्याथ ल्याब’ सञ्चालनमा ल्याएको छ ।
कार्डियाक, न्यूरो तथा भास्कुलर इन्टरभेन्स्नल सम्बन्धी जटिल रोगहरूको उपचारलाई छिटो, सुरक्षित र सहज बनाउने उद्देश्यका साथ अस्पतालले आइतबारदेखि यो सेवा सुरु गरेको हो ।


सेवा शुभारम्भका अवसरमा बोल्दै इनभोलुसन हेल्थकेयर प्रालिका निर्देशक अतुल शर्माले हृदयाघात र स्ट्रोकजस्ता आपतकालीन अवस्थामा समयमै उपचार पाउनु निकै चुनौतीपूर्ण रहेको बताउनुभयो ।


विराट नर्सिङ्ग होमले कोशी र मधेश प्रदेशमै पहिलो पटक एउटै छानामुनि कार्डियाक, न्यूरो र इन्टरभेन्स्नल रेडियोलोजी गरी तीनै वटा विशेषज्ञ सेवा उपलब्ध गराएको दाबी गरेको छ । अस्पतालका सिइओ डा.निकिता कार्कीले नेपाल तथा भारतका प्रतिष्ठित स्वास्थ्य संस्थाहरूमा तालिम प्राप्त वरिष्ठ इन्टरभेन्स्नल विशेषज्ञहरूबाट यहाँ २४सै घण्टा सेवा उपलब्ध हुने जानकारी दिनुभयो । कार्कीका अनुसार, आकस्मिक सेवामा एमडीजीपी चिकित्सक, दक्ष क्रिटिकल केयर टिम, सर्टिफाइड नर्स र १५ शैयाको एडभान्स सीसीयू सहितको पूर्ण सुविधा रहेको छ ।


क्याथ ल््याब उद्घाटनको अवसरमा अस्पतालले विशेष सहुलियतको घोषणा समेत गरेको छ । प्राथमिकताका आधारमा पहिलो आउने २० जना बिरामीलाई क्याथ ल्याबअन्तर्गतका सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउने घोषणा गरिएकोमा पहिलो दिन नै १० जनाले सो सुविधा लिएको अस्पताल प्रशासनले जनाएको छ । यसका साथै अस्पतालले सीसीयू शुल्क तथा निदान सेवामा समेत ५० प्रतिशत छुटको व्यवस्था गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्