विराटनगरको ११ दिने एक्स्पो सकियो , ५० करोड बराबरको कारोबार, डेढ लाखले अवलोकन गरे

<span class='c1'>विराटनगरको ११ दिने एक्स्पो सकियो , ५०</span> <span class='c2'>करोड बराबरको कारोबार, डेढ लाखले अवलोकन गरे</span>

विराटनगर । विराटनगरमा गत पुष ९ गतेदेखी संचालनमा आएको विराट ‘विराट ट्रेड एक्स्पो २०२५’ शनिबार सम्पन्न भएको छ । मोरङ उद्योग व्यापार संघले गत पुस ९ गतेदेखि सञ्चालन गरेको ‘विराट ट्रेड एक्स्पो २०२५’ पुष १९ गते सम्पन्न भएको हो । विराट ट्रेड एक्स्पो २०२५ का संयोजक अमित साराडाले ११ दिनसम्म संचालनमा रहेको एक्स्पोमा ५० करोड बराबरको कारोबार भएको र एक लाख ५० हजारले मेला अवलोकन गरेको दावी गरे ।


समापन कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा आएका थिए । उनले एक्स्पोमा राखिएका विभिन्न स्वदेशी तथा विदेशी कम्पनीहरुको स्टलहरु पनि अवलोकन गरेका थिए । उनलाई विराट ट्रेड एक्स्पो २०२५ का संयोजक अमित साराडा, मोरङ उद्योग व्यापार संघको अध्यक्ष अनुपम राठी , निर्वतमान अध्यक्ष नविन रिजाल लगायतले एक्स्पोमा राखिएका स्टलहरु अवलोन गराएका थिए ।


मन्त्री सिन्हाले अवलोकनपछि सुनसरी मोरङ औद्योगिक कोरिडोरमा रहेका उद्योगका लागि ‘स्पेशल इकोनोमिक जोन’ निर्माणका लागि आफूले पहल गर्ने आश्वासन दिए । एक्स्पोको समापन समारोहमा संघका अध्यक्ष अनुपम राठीले एक्स्पो सोचे भन्दा राम्रो भएको बताए ।

एक्स्पोको समापन समारोहमा संयोजक अमित शारडाले संघ आर्थिक मेरुदण्डका रूपमा उद्योग–व्यवसायको हक, हित र संरक्षणका लागि निरन्तर क्रियाशील रहँदै आएको बताए । एक्स्पोमार्फत स्वदेशी उत्पादनसहित कृषि, पर्यटन र अन्य सम्भावित क्षेत्रको प्रवद्र्धन गर्दै ती क्षेत्रका आर्थिक गतिविधिलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा गतिशील बनाउन सहयोग पुगेको बताए ।


एक्स्पोमा २३० भन्दा बढी स्टल राखिएका थिए । तीमध्ये उद्योग तथा व्यापारका स्टल, अटोमोबाइल, फुड कोर्ट, प्रायोजक स्टल लगायत रहेका थिए । प्रदर्शनीमा मुलुकभरका विभिन्न प्रदेशका कला–संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि तथा औद्योगिक उत्पादन प्रदर्शन गरिएको थियो । एक्स्पोमा ओपेरा हाउस र जलपरिले पनि विराटनगरका आम दर्शक तथा अवलोकन कर्ताहरुको लागि मुख्य आर्कषकको केन्द्रविन्दु बनाएको थियो । एक्स्पोमा हरेक साँझ राष्टिय तथा स्थानिय कलाकारहरुले बेजोड प्रस्तुति दिएका थिए । शनिबारसाँझ स्वप्न एण्ड सुमनको साँगितीक साँझमा पनि अन्यदिनको जस्तो साँगितिक माहोल बनेको थियो ।

विराटनगरका दर्शकहरुले कार्यक्रममा आउने दर्शकहरुले साथ दिदाँ हरेक साँझ साँगितिक माहोलले भने बेग्लै मनोरन्जन प्रदान गरिरहेको आभास हुने गरेको थियो । जेन्जी आन्दोलनपछि आर्थिक क्षेत्रमा परेको ठुलो प्रभावपछि विराटनगरमा आयोजना गरिएको एक्स्पोले भने यहाँका उद्योगी तथा व्यापारीहरुलाई भने केही न केही राहत भने मिलेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्