म*दिरा व्यावसायी संघ मोरङको केन्द्रीय कार्यालयको आफ्नै भवन संचालनमा

<span class='c1'>म*दिरा व्यावसायी संघ मोरङको केन्द्रीय</span> <span class='c2'>कार्यालयको आफ्नै भवन संचालनमा</span>

विराटनगर । विराटनगर महानगरपालिका ५ स्थित कारखाना टोलमा मदिरा व्यावसायी संघ मोरङको केन्द्रीय कार्यलयको आफ्नै भवन संचालनमा आएको छ ।
करिब १० धुर जग्गामा रहेको २ तले भवनको निर्माण सम्पन्नपछि शुक्रबार संघको १८ औँ बार्षिकत्सव कार्यक्रममा भवनको उद्घाटन गरिएको छ ।

भवनको उद्घाटन मदिरा व्यावसायी महासंघका केन्द्रिय अध्यक्ष शोनाम शेर्पाले गरेका थिए । सभाहल सहितको २ तले भवन करिब ६० लाखको बजेटमा निर्माण सम्पन्न भवन निर्माण संयोजक विनोद केसीले जानकारी दिनुभयो । कार्यक्रममा भवन निर्माणको लागि आर्थिक रुपमा सहयोग गर्ने सम्पुर्ण दाताहरुलाई कदरपत्र सहित सम्मान गरिएको मदिरा व्यावसायी संघ मोरङका अध्यक्ष तारा बा वानियाले जानकारी दिनुभयो ।


संघको भवन निर्माणको लागि सबैभन्दा बढी आर्थिक रकम सहयोग गर्ने गोल्डेन ग्लोव लिर्कस प्रालिलाई विशेष सम्मान गरिएकोको अध्यक्ष वानियाले बताउनुभयो । गोल्डेन ग्लोव लिर्कस प्रालिका एम. डी महेश सोनीलाई कार्यक्रमका प्रमुख अतिथी मदिरा व्यावसायी महासंघका केन्द्रिय अध्यक्ष शोनाम शेर्पाले कदर पत्र र खदाले सम्मान गरेका थिए । भवन निर्माणको लागि गोल्डेन ग्लोव लिर्कसले ५ लाख ११ हजार १११ रुपैया आर्थिक सहयोग गरेको थियो ।


कार्यक्रमका प्रमुख अतिथी मदिरा व्यावसायी महासंघका केन्द्रीय अध्यक्ष सोनाम शेर्पाले भवनको उद्घाटनपछि शुभकामना दिदै अवैध रुपमा संचालनमा रहेका मदिराहरु हटाउने प्रतिवद्धता जनाउनुभयो । साथै उहाँले नेपालभरीका सम्पुर्ण मन्दिरा व्यावसायीहरुलाई करका दायरामा ल्याई एक जुट बनाएर अगाडी बढाउने उद्धघोष गर्नुभयो ।

कार्यक्रममा मदिरा व्यावसायी महासंघका केन्द्रीय उपाध्यक्ष अंशु वंन्जरा, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष चेतना निरौला , चेम्बर अफ कर्मस मोरङका अध्यक्ष शिव रिजाल लगायत देशैभरबाट विभिन्न मदिरा कम्पनी तथा सप्लार्यका प्रतिनीधिहरु सहभागी भएको कार्यक्रम संयोजक महेन्द्र खड्काले जानकारी दिनुभयो । १८ औँ बार्षिकत्सव कार्यक्रममा भवन उद्घाटन सामारोह कार्यक्रम संचालन भने मदिरा व्यावसायी संघ मोरङका सचिव अशोक भण्डारीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्