संगीत अधिकारी
यसको त दिन यति रहेछ, कठै दैव कति निष्ठुरी, राम्रो मान्छे लाई भगवान ले छिटो बोलाउँदा रैछन आदी इत्यादी, चित्त बुझाउनु भन्दा कसले बुझिदिने कि यो अप्रत्यक्ष हत्या हो, विडम्बना हैन कसुर हो। तर कसको ? कसरी ? सायद कसैको दिमाग मा आएन होला,यसको उत्तर हो भष्टाचार।
नेपालको बेथिति नै चरम भ्रष्टाचार हो। जुन पुस्ता परिवर्तन सँगै कहिल्लै परिवर्तन हुन सकेन मतदाता को मत जस्तै बरु बढिरह्यो। जनसंख्या बढ्यो, सवारी साधन बढे, यता बढेसँगै नघटनु पर्ने सबैथोक घटे, रुख बिरुवा घटे जनावार सडक मा देखिन थाले , विकास को नाम मा अन्न उब्जाउने खेत घटे अन्य देश बाट चामल आउन थाल्यो, बौद्धिकता घट्यो, बाउद्दिकवान विदेश पलायन भई घटे।
भ्रष्टाचार हरेक सहर, देश को लागि विकृति भयो नसा भयो। नदेखेको केही दिन सुधार्न, नसोचेको भविष्य बदल्न गरिने अपराध भयो। कहिले कसैले सोच्नुभयो नेपाल प्रहरीको पछिल्लो प्रतिवेदन (आर्थिक वर्ष २०८१/८२) अनुसार, देशभरि भएका २८,६९२ सवारी दुर्घटनामध्ये २५,१४२ वटा मोटरसाइकल दुर्घटना हुन्छन् जस्तो औसत निकाल्ने हो भने करिब दिनको 42 जनाको दुर्घटना हुन्छ र करिब दिनमा करिब 5 जना को मृत्यु हुन्छ। जबकि विकसित देश मा औसत रूपमा हेर्दा दुर्घटना तुलनात्मक रूपमा कम देखिन्छ जसले मेरो मनमा प्रश्न उठ्छ की विकसित देशमा चाहिँ अलिक भगवान शक्तिशाली हुँदा हुन कि? अथवा उनीहरू को दिन अलि बलियो हुँदा हुन कि? तर अलि विश्वास नलागेर अनुसन्धान गर्दा कथा अर्कै हुँदो रहेछ।- यदि सडक निर्माण मा बजेट पर्यो, त्यसमा बजेट पार्नेले पहिलै माग गर्ने रहेछ कि अर्को चुनाव आउन आँट्यो यति चाहिँ मलाई है?
त्यसपछि सम्बन्धित क्षेत्र मा जादो रहेछ र क्षेत्र का विशिष्ट मान्छे हरुको कन्ट्रयाक्टरसँग सँग , कन्ट्रयाक्टरले भिन्न भिन्न कन्ट्रयाक्टरसँग कन्ट्रयाक्ट हुने रहेछ र करिब पूर्ण बजेट को ३०% को मात्र विकास को काम हुँदोरहेछ। फलस्वरूप बाटो यस्तो बन्छ जुन एकातिर बनिसक्दा सुरुभएको ठाउँ भत्किन थाल्छ। त्यस्तै हवाई दुघर्टना त यति सामान्य भइसकेको अवस्था छ, अहिले हुँदा २ घण्टा पछि बिर्सन्छाौ। अरु देश ले बहिष्कार गरेको प्लेन को अन्तिम विकल्प नेपाल हुन जान्छ। कुरा गर्दा दुःख ले अब कुरा नगरुम भने झै लाग्छ तर विडम्बना वरिष्ठ नेता हरु नेपाल कस्तो थियो कस्तो बनाइम- भोकै बस्थे आहिले खाना खाएको छन्, लुगा थिएन अहिले लुगा लगाएका छन जस्ता हास्यास्पद कुरामा आफूले गरेको अनुकरणीय विकास को ढोङ रच्न खोज्छन, अनि झोलाप्रसाद हरु तुलना गर्छन् 'बोरु' हाम्रै नेता ले गरेका थिए भने मत प्रस्तुत गर्छन्। कसैले आवाज उठाउँदा मान हानि को मुद्दा लाउँछन्। हामीहरु यस्तै हो कहिले सुध्रिदैन नेपाल भन्दै चित्त बुझाउछौँ ।
यो बेथिती र विसंगति कहिले सम्म हुने हो थाछैन। क्रान्ति मा सिंहदरबार जलेको कुरालाई हूक भर्सन बनाइन्छ, घिनाउना खेल रचिन्छ, परिवर्तन का लागि लडेका लाई सबै महादेश को एजेन्ट , दलाल भनिन्छ। एउटा माहान मान्छे ले भनेका थिए कि शिक्षा ले मानसिकता परिवर्तन गर्न सक्दैन तर मैले कैले मानिन तर भदौ २३ र २४ पछि यो कुरा बल्ल सम्झे अनि माने पनि। तर मेरो मन मा प्रश्न सधैं आइरख्यो की परिवर्तन को लागि भगवान कै प्रतीक्षा गर्नु पर्छ र? चित्त बुझाउन छोडेर आवाज उठाउन सकिन्न र? सही गलत को छानबिन आफूले अनुसन्धान गरेर गर्न सकिँदैन र?परिवर्तन को सुरुवातको लागि युवा ले ज्यान को बलिदान दिदाँ पनि मान्छे को चेत खुल्दैन र?
यो प्रश्न त्यो पुस्तालाई जसको सोच परिवर्तन अझै हुन सकेन। परिवर्तन को बाटो मा हिड्ने सबै जेन्जि पुस्ता हो। उमेर हद ले हैन मानिसको मानसिकता ले उसको पुस्ता निर्धारण हुन्छ।