विराटनगर । सरकारी तथा संस्थान सवारीचालक एशोसिएशन मोरङको अध्यक्षमा दिपनारायण राजवंशी सर्वसम्मतले चयन भएका छन् ।
एशोसिएशनको शनिबार विराटनगर ३ स्थित ताण्डप भक्कामा आयोजित ५ औं जिल्ला अधिवेशनले राजवंशीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत भएको हो । दोश्रो कार्यकालागि नवनिर्वाचित अध्यक्ष राजवंशी कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरमा कार्यरत रहेका छन् ।
यस्तै संस्थाको उपाध्यक्षमा कटहरी गाउँपालिकामा कार्यरत महेश्वर राय अमात, सचिवमा नेपाल टेलिकममा कार्यरत होमनाथ कोईराला र नापी कार्यालयका रामबृक्ष साह कोषाध्यक्षमा सर्वसम्मतले चयन भएका छन् । यसैगरि सुनसरी मोरङ सिंचाई आयोजनामा कार्यरत समितकुमार साह सहसचिव र बद्री श्रेष्ठ सह–कोषाध्यक्षमा चयन भएका छन् भने सदस्यहरुमा मनोजकुमार राजवंशी,चन्द्रकिशोर विश्वास,श्रवणकुमार यादव,बिजय चौधरी,कृष्णकुमार राजवंशी,गणेश राजवंशी र धनकुमार राजवंशी रहेका छन् ।
अधिवेशनले विभिन्न चारवटा महत्वपुर्ण प्रस्ताव समेत पारित गरेको छ । अधिवेशनले जेनजी आन्दोलनको क्रममा सवारीसाधन सहित अन्य भौतिक संरचनमा पुगेको क्षतिको छानबीनगरि दोषिमाथि सम्बन्धित निकायले कारवाही गर्नुपर्ने माग गरेको छ ।

यस्तै सवारी साधन जलेका कारण बेरोजगार अवस्थामा रहेका सवारीचालकलाई उचित ब्यवस्थापनका साथै रोजगारीको ग्यारेन्टी गर्नुपर्ने,सवारी चालकहरुलाई समाजिक सुरक्षा कोषमा यथाशिघ्र आबद्ध गराउनुपर्ने र दुर्घटना तथा उद्धार कोषलाई आर्थिकरुपले सबल बनाउन आवश्यक पहल गर्ने निर्णय समेत गरेको छ ।
सवारी चालकहरुपनि कर्मचारी नै रहेपनि अनेक प्रकारको विभेद सहनुपर्ने अवस्था रहेको नवनिर्वाचित अध्यक्ष राजवंशीले बताउनुभयो । मोरङमा झण्डै २ सय ५० जना सवारीचालकहरु सरकारी तथा संस्थानहरुमा कार्यरत रहेकोमा हाल ५६ जना एशोसिएशनमा आवबद्ध रहेको जनाईएको छ ।