विराटनगरका बिवेक ३२ वर्षमै अमेरिकामा अस्ताए, शव फर्काउन रकम जुटाउँदै परिवार

<span class='c1'>विराटनगरका बिवेक ३२ वर्षमै अमेरिकामा अस्ताए,</span> <span class='c2'>शव फर्काउन रकम जुटाउँदै परिवार</span>

विराटनगर । डेढ वर्ष अगाडी विराटनगर–१५ रानीका बिबेक कुमार दाहाल अमेरिका पुग्नु भएको थियो । भर्खर ३२ वर्षमात्रै पुग्दै गर्दा उनलाई मस्तिष्कघात भयो । जसको उपचारका लागि उनलाई वासिङटन डी.सी.स्थित मेडस्टार वासिङटन हस्पिटल सेन्टरमा भर्ना गरियो । झण्डै तीन हप्तासम्म अस्पतालको उपचारमा रहेपनि डिसेम्बर ३१, २०२५ मा दाहालको निधनभयो ।

निधन भएको १३ दिन बित्यो तरअन्तिम संस्कारका लागि नेपाल ल्याउने वातावरण बनाउन परिवारका लागि खर्च अभाव भएको छ । श्रीमानको मृत शरीर नेपाल ल्याएर अन्तिम संस्कार गर्न चाहेपनि संभव नभएको धर्मपत्नी सिर्जना कार्कीले बताइन् । उनका अनुसार अस्पतालको खर्चसहित यहाँ ल्याउनुपर्ने खर्च जुटाउन कार्य अहिले भइरहेको छ । वाल्डोर्फ, मेरिल्याण्ड (अमेरिका) मा बसोबास गर्दै आएका थिए ।

सिर्जनाका अनुसार साथमा ७ वर्षीया छोरी छिन् । परिवारको भविष्य सुरक्षित बनाउने सपना बोकेर अमेरिकामा मेहनत गरिरहेकै अवस्थामा उहाँलाई मस्तिष्कघात भएको खबर सुनेको उनकी बताइन् । त्यसपछि उपचारका क्रममा निधन भएको दुःखद खबरले पिरोलिएको परिवार स्तब्ध छ ।

शोकमा रहेको परिवारले यो बेला बिकेकको पार्थिव शरीर नेपाल ल्याई परम्पराअनुसार सम्मानपूर्वक अन्तिम संस्कार गर्ने चाहना राखेको छ । कठिन घडीमा बिबेकको पार्थिव शरीर नेपाल ल्याउन तथा अन्तिम संस्कारका आवश्यक व्यवस्थाका लागि सहयोगको याचना गरिएको छ । उनका लागि एनआरएन मेरिल्याण्ड च्याप्टरले गो फण्ड मी अभियान समेत सञ्चालन गर्दै आएको छ ।

https://www.gofundme.com/f/help-bring-bibek-home-for-his-final-rites/fm/s?attribution_id=sl:5734187c-286a-4892-a889-192bf10895fb&lang=en_US&ts=1767900562&utm_campaign=fp_sharesheet&utm_content=amp17_tc&utm_medium=customer&utm_source=messenger

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्