विराटनगर । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा सधैं डा.शेखर कोइरालाको पक्षमा देखिदै आएका विराटनगरका युवा नेता केदार कार्की पुगेका छन् । कोइरालाका विश्वासपात्र मानिने कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की अन्तिम समयमा विशेष महाधिवेशनको पक्षमा उभिएका हुन्। उनी अहिले काठमाडौंको भृकुटीमण्डपस्थित महाधिवेशन स्थल पुगेका हुन् ।
महाधिवेशनस्थल पुग्नु अगाडी उनले सामाजिक सन्जालमा लेखेर आफू विशेष महाधिवेशनको पक्षमा रहेको जनाउ दिएका थिए । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अहिले उद्घाटन सत्र चलिरहेको छ ।
देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन्। सात वटै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क बनाएर दर्ता प्रक्रिया सञ्चालन गरिएको छ। अहिले पनि यहाँ नाम दर्ता गराउनेहरूको लामो लाइन देखिन्छ।