विराटनगर । आज राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा विराटनगरमा प्रभातफेरि निकालिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङ , संघीय शहरी तथा भवन निर्माण विभाग लगायत विभिन्न सरकारी प्रसाशनिक कार्यलयको सहभागितामा शुक्रबार विहान प्रभातफेरि निकालिएको हो ।

‘सबै तहका सरकार तयार , सबै नागरिकको तयारी , भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने मुल नाराका साथ जिल्ला प्रशासन कार्यलयबाट निकालिएको रयाली गोल्छा चोक हुदै जलजल चोकबाट हस्पिटल चोकहुदै पुन जिल्ला प्रशासन कार्यलयमा पुगेर कोणसभा गरिएको थियो ।

वि.सं १९९० माघ २ गते गएको महाविनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो।
यस दिवसको उद्देश्य भूकम्पबाट हुन सक्ने जोखिमबारे जनचेतना फैलाउनु र सुरक्षित पूर्वतयारीलाई प्रवद्र्धन गर्नु हो।भूकम्पीय जोखिम उच्च रहेको नेपालमा सुरक्षित निर्माण र व्यवहारिक सतर्कता अत्यन्त आवश्यक रहेको सरोकारवालाहरूले बताएकाछन् । दिवसको अवसरमा आज देशभर विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरिँदै छ ।
