महिला टी–२० विश्वकप छनोट: त्रिवि मैदानको व्यवस्थापन विराटनगरकी जिनुको जिम्मामा

<span class='c1'>महिला टी–२० विश्वकप छनोट: त्रिवि</span> <span class='c2'>मैदानको व्यवस्थापन विराटनगरकी जिनुको जिम्मामा</span>

विराटनगर माघ ४,

आज देखि नेपालमा आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता सुरु भएको छ। आयोजक राष्ट्र नेपालसहित १० टोलीको सहभागिता रहने यो प्रतियोगिता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को क्यालेन्डरअनुसार नेपालले हालसम्म आयोजना गर्न लागेको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हो।

प्रतियोगिता सुरु भएसँगै नेपाली क्रिकेटप्रेमीको ध्यान छनोट खेलतर्फ केन्द्रित भएको छ। खेलहरू त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछन्।

यस प्रतियोगितामा क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)की पुर्व सदस्यसमेत रहेकी विराटनगरकी जिनु श्रेष्ठले महत्वपूर्ण भेन्यु म्यानेजरको जिम्मेवारी पाएकी छन्। प्रतियोगिताका लागि मैदानको सम्पूर्ण व्यवस्थापन र तयारीको जिम्मा उनकै काँधमा छ। उनि महिला क्रिकेट बिकास समितिकी बोर्ड मेम्बर पनि हुन्  ।

महिला प्रतियोगितामा भेन्यु म्यानेजरको जिम्मेवारी महिलालाई नै दिइएकोमा खुसी व्यक्त गर्दै श्रेष्ठले यो जिम्मेवारी महिलाको नेतृत्व र क्षमताप्रतिको विश्वासको संकेत भएको बताइन्। आवर विराटनगरसँगको कुराकानीमा उनले यो अवसरलाई गर्व र चुनौती दुवैका रूपमा लिएको बताएकी छन्।

नेपालमा आयोजना हुन लागेको यो प्रतियोगिताले महिला क्रिकेटको प्रवर्द्धनसँगै अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान थप बलियो बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्