नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज दिनभरिमा उम्मेदवार टुंग्याइने बताएका छन् । उनले सोमबार बिहान फेसबुकमार्फत् भिडियो सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।
‘आज दिनभरिमा सबै कुरा टुंग्याउँछौं । ‘बेष्ट’ कोसिस गर्छौं । सकेसम्म यसलाई राम्रो बनाउन,’ सभापति थापाले भनेका छन् ।
उनले पार्टीको आधिकारिक टिकट पाउने व्यक्तिलाई सबैले मनमा केही कुरा नराखी सहयोग गर्न पनि अनुरोध गरेका छन् ।
‘त्यो साथीको पक्षमा सबैजना पार्टीका साथीहरू एकढिक्का भएर, मनमा कुनै पनि कुरा नराखिकन, यो एउटा अभियान हो,’ थापाले भनेका छन्, ‘यो अभियानमा हामी सबै जुट्नपर्छ भनेर, तपाईंहरू लाग्नुहुन्छ भन्ने विश्वासको साथमा सबैलाई अनुरोध गर्न चाहन्छु । अपिल गर्न चाहन्छु ।’