विराटनगर । नेकपा एमालेले मोरङका ६ वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरूको नाम टुंगो लगाउँदै आधिकारिक रूपमा टिकट वितरण गरेको छ ।
विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालयमा सोमबार बिहान आयोजित एक कार्यक्रमका बीच उम्मेदवारहरूलाई चुनावी प्रतिस्पर्धाका लागि आधिकारिक पत्र (टिकट) प्रदान गरिएको हो ।

एमालेले हिजो आईतबार मात्रै मोरङका सबै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको नामलाई अन्तिम रूप दिएको थियो । त्यसको भोली पल्ट आज सोमबार उम्मेदवारहरूलाई पार्टी कार्यालयमा बोलाएर चुनावी मैदानमा होमिन जिम्मेवारीसहितको टिकट हस्तान्तरण गरिएको हो ।

एमालले मोरङ क्षेत्र नं १ मा घनश्याम खतिवडा, २ मा दिलीप बगडिया, ३ मा इरान राई, ४ मा जीवन घिमिरे, ५ मा मनोज अग्रवाल र ६ मा विनोद ढकाललाई उम्मेदवार बनाएको छ । टिकट वितरणसँगै जिल्लामा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । पार्टी कार्यालयमा टिकट बुझ्न पुगेका उम्मेदवार र नेता–कार्यकर्ताहरूमा उत्साह देखिएको थियो ।