फागुन २१ गतेका लागि मोरङमा म्यादी प्रहरीको प्रारम्भिक छनौट प्रक्रिया सुरु

<span class='c1'>फागुन २१ गतेका लागि मोरङमा म्यादी</span> <span class='c2'>प्रहरीको प्रारम्भिक छनौट प्रक्रिया सुरु</span>

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मोरङमा म्यादी प्रहरीको छनौट प्रक्रिया सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको बाहिर खाली मैदानमा सोमबार बिहान ७ बजेदेखि आवेदन दिएकाहरूको प्रारम्भिक छनौट सुरु गरिएको हो ।
मोरङका लागि कूल ४ हजार ३ सय ८३ जना म्यादी प्रहरीको कोटा निर्धारण गरिएको छ । बढ्दो भिडभाडलाई व्यवस्थित गर्न प्रहरीले छनौट प्रक्रियालाई दुई सिफ्टमा विभाजन गरेको छ ।


जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिनन्दन चौधरीका अनुसार आज पहिलो दिन दर्ता नम्बर १ देखि १६ सय ५० सम्मका आवेदकहरूको परीक्षा लिइँदैछ । पहिलो सिफ्ट (बिहान ७ देखि ११ बजेसम्म) दर्ता नम्बर १ देखि ७५ सम्मका आवेदकहरू सहभागी भएका छन् । दोस्रो सिफ्ट दिउँसो १२ देखि ५ बजेसम्म) दर्ता नम्बर ७५१ देखि १६ सय ५० सम्मका आवेदकहरूको छनौट गरिँदैछ ।


पहिलो दिन १६ सय ५० जनाको परीक्षा सम्पन्न भएपछि बाँकी रहेका आवेदकहरूलाई क्रमशः दर्ता नम्बरका आधारमा आउँदो दिनहरूमा छनौट प्रक्रियामा सामेल गराइने मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्